विप्लव समूहमाथिकाे प्रतिवन्धले देउवा खुशी

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
विप्लव समूहमाथिकाे प्रतिवन्धले देउवा खुशी

सारांश

  • विराटनगर।
  • नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन्।
  •   विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै उनले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको बताए।
विराटनगर। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन्। 
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै उनले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको बताए।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चन्द नेतृत्वको नेकपाको गतिविधि अपराधिक भएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको थियो।     
पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने विचार व्यक्त गरे। 
उनले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको बताए। 
नेपाल एयरलाइन्सले खरीद गरेको वाइड बडी एयर बसमा भ्रष्टाचार भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समयको अभावका कारण छलफल गर्न नसेकको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उनले जोड दिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख जिल्ला अधिकारीप्रति कडा बन्दै प्रदेश सरकार
प्रमुख जिल्ला अधिकारीप्रति कडा बन्दै प्रदेश सरकार
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका  लागि आज थाइल्याण्ड जाँदै;
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि आज थाइल्याण्ड जाँदै;
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश
भदौ २१ गते आइतवारको राशिफल यस्तो छ
भदौ २१ गते आइतवारको राशिफल यस्तो छ
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
देउता धुर्मुस पुगेपछि स्वर्ग बन्यो गाउँ
देउता धुर्मुस पुगेपछि स्वर्ग बन्यो गाउँ
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट

तपाईंले छुटाउनुभयो कि?