प्रहरी कै कारण पर्सामा तस्करी मौलाएको जनताको गुनासो !!!
सारांश
- तस्करीको पैसामा लेनदेन नमिल्दा जिल्ला प्रहरी कार्यालय,पर्सामा एसपी र डिएसपीबीच विवाद बढेको छ ।
- एसपी गोविन्द साह र डिएसपी यज्ञबिनोद भट्टराईबीच विवाद बढेको हो ।
- विवादपछि गत बैशाख ३ गते उनले एसपीकै नेतृत्वमा तस्करी बढेको भन्दै नियन्त्रण गर्न संचार सेटबाट मातहतलाई निर्देशन दिएका थिए ।
तस्करीको पैसामा लेनदेन नमिल्दा जिल्ला प्रहरी कार्यालय,पर्सामा एसपी र डिएसपीबीच विवाद बढेको छ । एसपी गोविन्द साह र डिएसपी यज्ञबिनोद भट्टराईबीच विवाद बढेको हो ।
विवादपछि गत बैशाख ३ गते उनले एसपीकै नेतृत्वमा तस्करी बढेको भन्दै नियन्त्रण गर्न संचार सेटबाट मातहतलाई निर्देशन दिएका थिए । स्रोतका अनुसार तस्करीमा सहयोग गरेको भन्दै क्षेत्रीय प्रहरी कार्यालयले डिएसपी भट्टराईलाई स्पष्टिकरण सोधेपछि उनले तस्करीको पैसा खाने एसपी साह भएपनि आफुलाई स्पष्टिकरण सोधेको भन्दै त्यसको रिस मदिरा पिएको बेला सेटमार्फत फरेका हुन् ।
उक्त घटनापनि अञ्चल प्रहरी कार्यालय नारायणीले घटनाको छानबिन थालेको थियो । छानबिनका लागि दुवैको गल्ती भेटिएको थियो । एउटालाई मात्र कारबाही गर्दा अर्काको पोल खुल्ने डरले एसपी र डिएसपी दुवै जना मिलेका छन् ।
एसपी साह गृहमन्त्री विमलेन्द्र निधिको सोर्सफोर्समा कमाउनकै लागि बिरगञ्ज गएका हुन् । उनी गएयता बीरगंजमा तस्करी मौलाएको छ । कमाउनकै लागि एसपी साह पर्सामा सरुवा गएका हुन् । उनी पर्सामा गएपछि सुरक्षाअवस्था खस्कदै गएको छ भने तस्करी पनि मौलाउदै गएको छ । आफुमात्र खान खोज्ने प्रवृत्ती भएकाले अन्य प्रहरी उनीस“ग रिसाएका हुन् । डिएसपी भट्टराईको पछिल्लो करामत पनि त्यसैको उदारण हो ।
अञ्चलका एसएसपी सूर्य उपाध्यय पनि कमाउन माहिर व्यक्ति हुन् । लोकमानसिंह कार्कीको सोर्सफोर्समा बढुवा भएका उनी पछि कांग्रेस नेताहरुलाई खुशी बनाएर नारायणी अञ्चलमा सरुवा भएका हुन् । सबै इप्रकादेखि अञ्चलसम्म सबै भ्रष्ट भएकाले पर्सामा तस्करी मौलाएको छ ।
प्रतिक्रिया