राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु

सारांश

  • पोखरा, २४ माघ , राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ ।
  • बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
  • लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा शुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ ।

पोखरा, २४ माघ , राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ ।

बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा शुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहनुभएको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणना शुरु गर्नेगरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो । यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक÷एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

प्रदेशसभाका सदस्यभन्दा स्थानीय तहको संख्या बढी भएका कारण उहाँहरूको बेग्लाबेग्लै लाइन रहेको छ । बिहान ९ बजेदेखि नै निकै उत्साहका साथ मतदाता लामबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाको पक्षमा १६५, विपक्षमा ८३ मत
नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
काठमाडौँका मेयरलाई कोरोना संक्रमण
काठमाडौँका मेयरलाई कोरोना संक्रमण
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
फेरियो सुर्नयाको मुहार
साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै
साहित्यबाट राजनीतिमा लम्किएका पुरु लम्साल भन्छन, म स्थानिय चुनाव जित्छु नै
फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल
फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह

तपाईंले छुटाउनुभयो कि?