देउवाले दिए जिल्ला सभापतिहरूलाई यस्तो चुनौति
सारांश
- काठमाडौं ।
- विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकाल्ने कांग्रेसका ५६ जिल्ला सभापतिहरूलाई कार्य समितिले गरेको निर्णय उल्टाएर देखाउन चुनौती दिएका छन् ।
- सभापति देउवाले विशेष केन्द्रीय महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका हुन् ।
काठमाडौं । विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकाल्ने कांग्रेसका ५६ जिल्ला सभापतिहरूलाई कार्य समितिले गरेको निर्णय उल्टाएर देखाउन चुनौती दिएका छन् ।
सभापति देउवाले विशेष केन्द्रीय महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका हुन् ।
कांग्रेसका ५६ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति निकालेर स्वतः प्रतिनिधि प्रावधान संशोधन नगरे विशेष केन्द्रीय महाधिवेशन बोलाउन हस्ताक्षर अभियान शुरु गर्ने चेतावनी दिएका थिए ।
पार्टीका जिल्ला सभापतिका कतिपय कुरामा असहमति हुन सक्ने तर जायज कुरा हुन सक्ने बताए । उनीहरूले समानुपातिक तथा समावेशी कोटा दोहोर्याउन नपाउने व्यवस्था समेत विधानमा राख्नुपर्ने माग गरेका हुन् ।
कांग्रेसको पुस २९ गते देखि ९ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनमा बैठकमा अधिकांश महासमिति सदस्यले स्वतः प्रतिनिधि प्रावधान हटाएर समानुपातिक, आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिने व्यवस्था गर्न भनेका थिए ।
तर केन्द्रीय कार्य समितिले महासमिति सदस्यको कुरै नसुनी लत्याएर विधान पास गरिएको थिए ।
बुधवार बिहान पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीघरमा नेता रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला निवासमा बैठक बसेका थिए । वैठकपछि देउवाले आफूलाई पार्टी चलाउन कसैले रोक्न नसक्ने बताइसकेका छन् ।
प्रतिक्रिया