विमलेन्द्र निधीले यसरि गरे ओली र दाहालको प्रसंशा
सारांश
- काठमाडौँ, ४ जेठ ।
- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुईवटा ठूला पार्टी मिलाएर केपी शर्मा ओली र पुष्पकमल दाहालले क्षमता प्रदर्शन गरेको बताएका छन् ।
- ट्विटरमा निधीले दुईवटा कम्युनिष्ट पार्टी मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाएकोमा वधाई पनि दिएका छन् ।
काठमाडौँ, ४ जेठ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुईवटा ठूला पार्टी मिलाएर केपी शर्मा ओली र पुष्पकमल दाहालले क्षमता प्रदर्शन गरेको बताएका छन् ।
ट्विटरमा निधीले दुईवटा कम्युनिष्ट पार्टी मिलाएर नेपाल कम्युनिष्ट पार्टी बनाएकोमा वधाई पनि दिएका छन् ।
उनले पार्टी एकीकरण सुखान्त भए लोकतन्त्र बलियो हुने र दुखान्त भए अधिनायकतन्त्र बलियो हुने बताएका छन् ।
आफू सुखान्त हुनेमा आसावादी रहेको निधीले बताए । उनले भनेका छन्, ‘हामीसँग कम्युनिष्ट र निर्दलवादी दुवैको लोकतान्त्रिक यात्रा रुचिकर छ ।’ लामो समयको अन्योलपछि नेकपा एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकीकरण भएको छ ।
ओली र प्रचण्डलाई बधाई छ-दुईवटा कम्युनिष्ट पार्टि मिलाएर नेपाल कम्युनिष्ट पार्टि बनाई क्षमता प्रदर्शन गरेकोमा।सुखान्त भयो भने बलियो लोकतंत्र।दुखान्त भयो भने बलियो अधिनायकतंत्र। म सुखान्तवादी कथोपासक हुँ।हामीसंगै कम्युनिष्ट र निर्दलवादी दुबैको लोकतांत्रिक यात्रा रुचिकर छ।शुभकामना!!
— Bimalendra Nidhi (@BimalendraNidhi) May 18, 2018
Surya Shrestha
हेर्दा प्रजातान्त्रिक तर वाध्यता