गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
२० पटक हेरिएको
Shares
गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

सारांश

  • काठमाडौं ।
  • पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ ।
  • कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ ।

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ ।

कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ ।

मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए यहाँ आन्तरिक र बाह्य पर्यटकको भ्रमण बढाउन सकिने विश्वास लिएको कोषले जनाएको छ । कोषले २०६८ सालमा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्न नियमावली जारी गरेको थियो ।

नियमावली अनुसार पशुपति क्षेत्रको मुख्य मन्दिरका रुपमा रहेको पशुपतिनाथको भेटीघाटी पारदर्शी भए पनि गुह्येश्वरी, विश्वरुप, चन्द्रविनायकलगायत महत्वपूर्ण मन्दिरको भेटीघाटी व्यवस्थित गर्न अझै नियमावली बन्न सकेको छैन ।

गुह्येश्वरीमा छुट्टै कार्यालय खुलेपछि नियमावली बनाएर यहाँको भेटीघाटी पनि पारदर्शी गर्ने कामलाई प्राथमिकतामा राखिने उनले सुनाए ।

यसैगरी चन्द्रविनायक मन्दिर क्षेत्रलाई पनि व्यवस्थित गर्न छुट्टै कार्यालयको स्थापना गरिनुपर्ने चाबहिलका स्थानीयवासी भरत पौडेलले माग गरे ।

चन्द्रविनायक मन्दिर क्षेत्रमा रहेको जग्गामा बनेको भवन र सार्वजनिक जग्गालाई व्यवस्थित गर्न पनि यहाँ छुट्टै कार्यालय स्थापना गरिनुपर्ने उनको भनाइ छ ।

चन्द्रविनायक काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक हो । यहाँ प्रत्येक हप्ताको मंगलबार हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास
शिवमाया कानुनमन्त्री पक्का, महेशलाई शहरी विकास
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला  (भिडियो सहित)
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला (भिडियो सहित)
सरकार गठनका लागि यथाशीघ्र बाटो खोलियोस् : एमाले
भारत पुगेर प्रधानमन्त्री देउवाले नेपालको बेइज्जत गरे: विप्लव
भारत पुगेर प्रधानमन्त्री देउवाले नेपालको बेइज्जत गरे: विप्लव
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
बिहीबार यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम

तपाईंले छुटाउनुभयो कि?