नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे

सारांश

  • नाइजेरियाका कप्तान मिकेल जोन ओबीले विश्वकपको समूहचरण अन्तर्गतको अर्जेन्टिनाविरुद्धको खेलअघि आफ्ना पिताको अपहरण भएको खुलासा गरेका छन्।
  • अर्जेन्टिनाविरुद्धको खेल खेल्न स्टेडियम जानका लागि बस चढेको अवस्थामा मिकेललाई आफ्ना बुबा अपहरणमा परेको जानकारी प्राप्त भएको थियो।
  • ‘मलाई परिवारका सदस्यको फोन गरे र बुबा अपहरण परेको बताए,’ मिकेलले भने, ‘अपहरणकारीले फोन गर्दै फिरौती माग गरेका रहेछन्।

नाइजेरियाका कप्तान मिकेल जोन ओबीले विश्वकपको समूहचरण अन्तर्गतको अर्जेन्टिनाविरुद्धको खेलअघि आफ्ना पिताको अपहरण भएको खुलासा गरेका छन्।

अर्जेन्टिनाविरुद्धको खेल खेल्न स्टेडियम जानका लागि बस चढेको अवस्थामा मिकेललाई आफ्ना बुबा अपहरणमा परेको जानकारी प्राप्त भएको थियो।

‘मलाई परिवारका सदस्यको फोन गरे र बुबा अपहरण परेको बताए,’ मिकेलले भने, ‘अपहरणकारीले फोन गर्दै फिरौती माग गरेका रहेछन्।’

स्टेडियममा जानैलाग्दा बुबा अपहरणमा परेको स्तब्धपूर्ण खबर उनले टोलीका कसैसँग साटेनन्। ‘हामी अर्जेन्टिनाविरुद्ध खेल्न जादैँ थियौं। बराबरीको नतिजाले अन्तिम १६ मा पुर्याउने स्थिती थियो,’ उनले भने, ‘त्यो खबर अरुसँग साटेर खेलबाट टोलीको ध्यान भंग होस् भन्ने मैले चाहिन।’

नाइजेरियाको जोयस शहरबाट माकुर्दी इन्युगी राजमार्गमा गई रहेका बेला उनका बुबा पा माइकल ओबी दक्षिण पूर्वी नाइजेरियाबाट अपहरणमा परेका थिए। अपहरणमा परेको एकहप्तापछि नाइजेरियन प्रहरीले उनलाई अपहरण मुक्त गरेको थियो।

तर, त्यसक्रममा आफ्ना बुबाले धेरै यातना सहनुपरेको मिकेलले बताए। हाल उनका बुबाको अस्पतालमा उपचार भईरहेको छ। यो उनको बुबा अपहरणमा परेको दोस्रोपटक हो । यसअघि अगष्ट २०११ मा पनि उनको अपहरण भएको थियो।

मिकेलले आफ्ना बुबा अपहरणमा परेको पीडासँग जुध्दै अर्जेन्टिनाविरुद्ध पुरै ९० मिनेट मैदानमा बिताएका थिए। मार्कोस रोजोले खेलको अन्त्यतिर निर्णायक गोलगरेपछि नाइजेरिया २–१ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। खेल १–१ को बराबरीमा रोकिएको भए उनीहरुलाई अन्तिम १६ मा पुग्ने मौका थियो।

‘मेरा बुबा अपहरणकारीको कब्जामा भएको बेलापनि पीडाहरु दबाएर मैले खेले,’ मिकेलले भने, ‘के म मानसिक रुपमा खेल्न तयार छु? म भावनात्मक रुपमा बिचलित भएको थिए। के गर्ने सोच्न सकिरहेको थिएन। अन्त्यमा मैले १ सय ८० मिलियन नाइजेरियनहरुलाई झुक्न नदिने निर्णय लिए।’

‘मैले पीडालाई दिमागबाट मेटाए,’ उनले थपे, ‘र सुरुमा देशको प्रतिनिधित्व गर्न अघि सरे। मैले प्रशिक्षक तथा फुटबल संघका मान्छेका मान्छेलाई समेत भनेको थिएन। म चाहादैन थिए कि मेरो व्यक्तिगत घटनाका कारण टोलीको ध्यान खेलबाट भंग होस।’

मिकेलका बुबा सोमबार दिउँसो अपहरण मुक्त भएका छन्। बुबाको उद्धारमा खटिने प्रहरी अधिकारीहरुलाई मिकेलले धन्यवाद ज्ञापन गरेका छन्। एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?