फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
सारांश
- बिस्नु फडेरा,काठमाडाै, १५ असार ।
- उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले फोटो खिच्नलाई मात्र धान रोप्न नहुने बताएका छन ।
- शुक्रबार काठमाडौको बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै पोखरेलले त्यस्तो बताएका हुन ।
बिस्नु फडेरा,काठमाडाै, १५ असार । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले फोटो खिच्नलाई मात्र धान रोप्न नहुने बताएका छन ।
शुक्रबार काठमाडौको बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै पोखरेलले त्यस्तो बताएका हुन ।
पोखरेलले श्रम र्गन नचाहानेहरुले परिबर्ततन पनि चाहदैनन् भन्दै परिश्रमले कमाएको जे सुकै मिठो हुने बताए । उनले अाफु श्रम गरेर हुर्केकाे बताउदै अाफु भुमि संग रमाउन सिकेकाे बताए ।
तीनदिने श्रमदानमा युवा कार्यक्रमअन्तर्गत पाेखरेलले खेतीयोग्य जमीनमा खेती गरेर मुलुकको कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने र त्यस्तो जमीनमा प्लटिङ गर्न र बस्ती बसाउन नपाइने गरी नीति ल्याउने बताए ।
कार्यक्रममा मन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताए ।
मन्त्री पोखरेलले जनतासँग नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार सधैँ एकाकार हुने उल्लेख गर्दै युवाको उक्त अभियानले मुलुकभर कहाँ कति श्रमदान ग¥यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने कुरामा जोड दिए ।
युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले आफूहरुले सो अवधिमा मुलुकका करीब ७०० स्थानमा धान रोपाइँका लागि श्रमदान गर्ने जानकारी दिए।



हेर्नुहाेस मन्त्री पाेखरेलले यसरि राेपे धान
https://www.youtube.com/watch?v=3Qgq2mjJTrQ
Rihan Sangraula
Natak
Ganesh Shakya
फोटो खिचाउनकै लागि मात्र हो यो धान दिवस ।