हवाई आक्रमणमा ५४ जनाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
हवाई आक्रमणमा ५४ जनाको मृत्यु !

सारांश

  • मैमाना, अफगानिस्तान, ११ भदौ ।
  • अफगानिस्तानमा सोमबार भएको हवाई आक्रमणमा परी ५४ जना भन्दा बढीको मृत्यु भएको छ ।
  • उत्तरी प्रान्त फार्याबमा तालिवान लडाकूहरुलाई लक्षित गरी भएको हवाई आक्रमणमा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ ।

मैमाना, अफगानिस्तान, ११ भदौ । अफगानिस्तानमा सोमबार भएको हवाई आक्रमणमा परी ५४ जना भन्दा बढीको मृत्यु भएको छ । उत्तरी प्रान्त फार्याबमा तालिवान लडाकूहरुलाई लक्षित गरी भएको हवाई आक्रमणमा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । मारिनेमध्ये दुई जना तालिवान लडाकूका वरिष्ठ कमाण्डर मुल्लाह शाह वाली र मुल्लाह क्यायुम समेत रहेको सेनाका प्रवक्ता मोहम्मद हानीफ रेजाइले जानकारी दिनुभयो ।

“तालिवान लडकूहरुको एउटा समूहलाई सरकारी सुरक्षा फौजले हवाई आक्रमण गर्दा कम्तीमा ५४ जना मारिएका छन् भने अरु दर्जनौँ घाइते भएका छन्,” उहाँले भन्नुभयो । सुरक्षा अधिकारीहरुले त्यस क्षेत्रमा सुरक्षा कारबाही जारी रहेको जनाएका छन् । घटनाका बारेमा तालिवान लडाकूकोतर्फबाट अहिले सम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?