आगामी पाँच वर्ष पनि पार्टी कब्जा गर्ने दिशामा कांग्रेस सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २४, २०७७
|
|
२५ पटक हेरिएको
Shares
आगामी पाँच वर्ष पनि पार्टी कब्जा गर्ने दिशामा कांग्रेस सभापति देउवा

सारांश

  • काठमाडौं।
  • सभापति शेरबहादुर देउवाले फागुनमा महाधिवेशन नगर्ने रणनीति बनाएको आशंका, महाधिवेशन कब्जा गर्ने गरी विभाग गठन र क्रियाशिल सदस्यता वितरणमा जथाभावी गरेको आशंका र भातृ संस्थाको पदावधि थप्दा सल्लाह नगरेको असन्तुष्टिले नेपाली काँग्रको संस्थापन इतर समूह सभापति देउवासँग चिढिँदै गएको बेला यही असोज १२ गते इतर समूहले पार्टीका कार्यालयमा १६ बुँदे असहमति पत्र नै बुझायो ।
  • वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाईमा रहेको समूहले लिपिवद्ध गरेर उनीहरुकै शब्दमा ‘अवैधानिक गतिविधि’प्रति असहमति जनाउँदै विरोध पत्र बुझाएपछि काँग्रेस भित्रको विवाद सतहमा आएको थियो ।

काठमाडौं। सभापति शेरबहादुर देउवाले फागुनमा महाधिवेशन नगर्ने रणनीति बनाएको आशंका, महाधिवेशन कब्जा गर्ने गरी विभाग गठन र क्रियाशिल सदस्यता वितरणमा जथाभावी गरेको आशंका र भातृ संस्थाको पदावधि थप्दा सल्लाह नगरेको असन्तुष्टिले नेपाली काँग्रको संस्थापन इतर समूह सभापति देउवासँग चिढिँदै गएको बेला यही असोज १२ गते इतर समूहले पार्टीका कार्यालयमा १६ बुँदे असहमति पत्र नै बुझायो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाईमा रहेको समूहले लिपिवद्ध गरेर उनीहरुकै शब्दमा ‘अवैधानिक गतिविधि’प्रति असहमति जनाउँदै विरोध पत्र बुझाएपछि काँग्रेस भित्रको विवाद सतहमा आएको थियो । विरोध पत्र बुझाउँदा असन्तुट समूहले पार्टीको केन्द्रीय कार्यसमिति अगाडि (७ दिन) यी समस्या समाधान गर्न अल्टिमेटम दिएको थियो । १९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कोरोना संक्रमणका कारण २५ गतेका लागि सरेको छ ।

त्यो बैठक अघि विवाद समाधान गर्ने गरी छलफल भइरहेको दुबै पक्षका नेताहरुले जनाएका छन् । सभापति देउवा निकट मानिएका एक केन्द्रीय सदस्यले छलफल सकारात्मक रुपमा अगाडि बढेको बताए । उनले भने, ‘शनिबार बुढानिलकण्ठमा वरिष्ठ नेता, महामन्त्रीसहितको छलफल भएको थियो। उहाँहरुको आशंका राखेका सबै बुँदामहा छलफल भयो। आइतबार टुंग्याउने भन्ने थियो, कोरोना संक्रमण देखिएपछि छलफल हुन सकेन।’ उनले छलफल सकरात्मक रुपमा अगाडि बढेको बताए ।

उता पौडेल समूहले सभापति देउवाका ‘अवैधानिक गतिविधि’को सूची निर्माण गर्न गठन गरेको कार्यदलका संयोजक रहेका केन्द्रीय सदस्य गुरु घिमिरेले छलफल सकरात्मक रुपमा अगाडि बढेको बताएका छन् । उनले भने, ‘७ दिनको अल्टिमेटम केन्द्रीय कार्यसमितिको बैठकको मितिलाई हेरेर दिइएको हो। अब बैठक २५ गते बस्ने भएकाले त्यो भन्दा अगाडि विवाद समाधान हुन्छ होला ।’ उनले पार्टीलाई जोगाउने धेरै जिम्मेवारी सभापतिको भए पनि केही जिम्मेवारी आफूहरुको पनि हुने बताए। उनले छलफल सकरात्मक रुपमा अगाडि बढेकाले आफूहरु विश्वस्त रहेको बताए ।

पौडेल समूहको सबैभन्दा धेरै आशंका व्यक्तिगत रुपमा अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेका नेताहरुलाई पार्टीको क्रियाशिल सदस्यता वितरण गर्न दिउकोमा छ । व्यक्तिगत रुपमा क्रियाशिल सदस्यता वितरण गरे स्थानीय तहदेखि नै पौडेल समूहलाई पाखा लगाउन देउवा समूह सक्रिय हुने उनीहरुको आशंका छ। देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘खासै ठूलो विवादको कुरा थिएन, उहाँहरुको आशंका थियो, आशंका मेटेपछि समस्या सकिन्छ ।’

देउवाले आगामी पाँच वर्ष पनि सभापति हुने गरी क्रियाशील सदस्यता वितरण गर्न खोजेपछि पौडेल समूह संशंकित बन्दै आएको छ । थप कार्यकालमा विभाग गठन गरिएको, क्रियाशील सदस्यता आफूखुशी गरेको भन्दै आपत्ति जनाएको पौडेल समूहले देउवालाई टक्कर दिने गरी कुनै तयारी समेत गरेको छैन । संस्थापन पक्षबाट देउवाको एकल उम्मेद्वारी पर्ने तय भएपनि पौडेल समूहका आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारका आकांक्षी धेरै छन् । पौडेल समूहबाट पौडेल स्वयं सभापतिका आकांक्षी हुन् भने डा. शेखर कोइरालाले पनि उम्मेद्वारी दिने बताएका छन्। उता महामन्त्री डा. शशांक कोइराला देउवालाई परास्त गर्न आफूमात्रै सक्षम रहेको भन्दै सभापतिमा आकाक्षा देखाइसकेका छन् । पौडेल समूहलाई सर्वसम्मत नेतृत्व चयन गर्न चुनौती देखिएका बेला संस्थापन पक्षबाट देउवा सर्वसम्मत उम्मेद्वार हुन्।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?