विदेशी मुद्राको विनिमय दर यस्ताे छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
विदेशी मुद्राको विनिमय दर यस्ताे छ

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?