वीरगञ्जका मतदाताको अठोट-पहिलेकाले दिए चोट, अब विकास गर्नेलाई भोट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
वीरगञ्जका मतदाताको अठोट-पहिलेकाले दिए चोट, अब विकास गर्नेलाई भोट

सारांश

  • २१ कात्तिक, वीरगञ्ज ।
  • आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ताको प्रक्रिया सकिएसँगै पर्सामा उमेदवारहरुले चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।
  • दोश्रो चरणमा हुने निर्वाचनका लागि गत बिहीबार मनोनयन दर्ता गरेका दलका तथा स्वतन्त्र उम्मेदवारहरुले घरदैलो अभियान, पार्टी र समाजका अगुवा अथवा नेता कार्यकर्ताहरुसँगको भेटघाट, बैठक, भेला मार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।

२१ कात्तिक, वीरगञ्ज । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ताको प्रक्रिया सकिएसँगै पर्सामा उमेदवारहरुले चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।

दोश्रो चरणमा हुने निर्वाचनका लागि गत बिहीबार मनोनयन दर्ता गरेका दलका तथा स्वतन्त्र उम्मेदवारहरुले घरदैलो अभियान, पार्टी र समाजका अगुवा अथवा नेता कार्यकर्ताहरुसँगको भेटघाट, बैठक, भेला मार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।

कतिपय उम्मेदवारहरुले त स्थानीय एफएम रेडियो मार्फत पनि आफ्ना प्रचार सामग्री प्रसारण गरिरहेका छन् ।

पर्सामा चार प्रतिनिधी सभा सदस्य र आठ प्रदेशसभा सदस्यका लागि दल र स्वतन्त्रबाट गरी एक सय ६७ जनाको उम्मेदवरी परेको छ ।

दल र उम्मेदवारहरुले मतदाताको घर दैलोमा पुगेर मत माग्ने क्रम सुरु भएको छ । आसन्न चुनावमा आफ्ना उम्मेदवारहरुको पक्षमा जनमत सृजना गर्न उम्मेदवार बाहेकका नेता कार्यकर्ताहरु पनि निरन्तर खटिरहेका छन् ।

दल तथा उम्मेदवारहरुले आ-आफनो क्षेत्रमा चुनावी प्रचारप्रसार र सम्पर्क कार्यालय पनि स्थापना गरेका छन् ।

चुनावको प्रचारप्रसार सुरु भएसँगै शहरदेखि गाँउसम्मका चोक, बजार, टोलहरुमा चुनावी चहल पहल पनि बढेको छ ।

यससँगै गाउँमा उम्मेदवार कहिले आउलान र गाउँका समस्या समाधानको प्रतिबद्धता लिन सकौं भनेर मतदाता पनि आतुर देखिएका छन् । वीरगञ्ज महानगरपालिका भनिएपनि उसका अधिकांश वडा गाउँ जस्तै छन् ।

वीरगञ्ज नगरपालिका हुँदा नै थपिएका ११ वटा वडा -तत्कालीन ११ गाविस) मा विकासका पूर्वाधार तयार हुन सकेका छैनन् ।

पहिले जितेर गएका नेताहरुले विकासका काम खासै गर्न नसकेको बताउने मतदाताहरु अबको चुनावबाट निर्वाचनबाट जितेर जाने प्रतिनिधिहरुले विकासका काम गर्नेमा आशावादी भने छन् ।

विकास गर्नेलाई भोट

पटकपटक नेताहरुबाट धोका खाइसकेको मतदाताहरु जितेर जाने तर काम नगर्ने खालका उम्मेदवारलाई भोट नदिने अडानमा छन् ।

वीरगञ्ज-२९ बसडिल्वाका ६८ वर्षीय भगवान महतो गरीब र धनी दुवैलाई सम्झेर विकासका काम गर्नेलाई भोट दिने सोचमा छन् । ‘ नगरको जस्तो सुविधा छैन, महानगरपालिका भनेको छ, नाम मात्रै राखेर हुन्छ र ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘विगतमा यस्तो गर्छु, उस्तो गर्छु भनेर भोट लिएर गए केही गरेनन् ।

 

डाहा नदी घर घरमा पसेर गाउँबासी हैरान छौं, अब त्यस्तालाई भोट दिँदैनौं, भेडाहा नदी नियन्त्रणका लागि काम गर्ने, गाउँको सडक बनाउन जो तयार हुन्छ । उसैलाई भोट दिन्छौं ।’

सोही टोलका ७० वर्षका राम जतन महतोले पनि भगवानको कुरामा हो मा हो मिलाए । ‘सबैभन्दा मुख्य समस्या त नदीनै बनेर आएको छ । साउनमा आएको बाढी घर घरमा पस्यो, नदी पार गर्ने पुल पनि छैन ।’ उनले थपे ।

बसडिल्वाकै ५० वर्षीय जगरनाथ ठाकुर लोहार पनि भेडाहा खोलाका कारण पीडित छन् । नदीमा पुल बनाउने, सडक नाला जस्ता विकासका काम गर्ने विकास प्रेमी नेता चुनिएर आउन भन्नेमा उनको चाहना छ । ‘रोड चाहियो, नाला चाहियो, नदीको निकास राम्रो हुनुपर्‍यो, गाउँमा पानी पस्नु भएन, विकासको कामहरु गर्ने हुनुपर्‍यो,’ ठाकुरले भने, ‘ पार्टी भन्दा व्यक्ति हेरेर भोट दिन्छौं ।’

विगतमा नेताहरुको बहकाउमा आएर भोट दिएको भएपनि वीरगञ्ज २८ इनर्वाका अदालत मियाँ यसपटक स्पष्ट छन् । ‘चुनाव जितेर जान्छन्, केही गर्दैनन्, त्यस्तालाई भोट दिइदैन,’ मियाँ भन्छन्, ‘ स्कुल छ, गतिलो पढाई छैन, सडक छ, नाला छैन, सडक ठाउँ ठाउँमा भत्किएको छ । यी विकासका कामहरु जितेर गएपछि जसले गर्छ भन्ने विश्वास हुन्छ । उसैलाई भोट दिन्छु ।’

अदालतकै गाउँका ६५ वर्षका दुःखी राउत महानगर नामले मात्रे नहुने विकासका पूर्वाधार पनि खडा हुनुपर्ने बताउँछन् । ‘महानगर नाम राखेर मात्रै भएन, त्यही अनुसारको सुविधा पनि दिन सक्नुपर्छ,’ उनी भन्छन्, ‘ गाउँमा सडक, नाला, पानी बिजुली सिंचाईको व्यवस्था हुनुपर्छ । जसले यी काम गर्ने प्रतिवद्धता ल्याउँछन् । तिनैले भोट पाउँछन् ।’

अन्य समुदायका मात्र नभएर दलित समुदायका मतदाता पनि सचेत भएको देखिन्छन् । आरनमा फलामको काम गरिरहेको अवस्थामा भेटिएका ५८ वर्षीय पारस ठाकुर लोहार रक्सी मासु र पैसामा बिकेर भोट दिन नहुने बताउँछन् । ‘महानगरको विकास चाहिन्छ, सडक नालाको निकास चाहिन्छ,’ उनले भने,’ झुठो आश्वासन र प्रलोभनमा परेर भोट खसाइन्न ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक
इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
How you can Fix a Relationship — Recognizing the primary Causes of Relationships Struggling
विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
भारतीय दूतावासको भोजमा केपी ओली हिन्दी गितमा मुसुक्क !
भारतीय दूतावासको भोजमा केपी ओली हिन्दी गितमा मुसुक्क !
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
गोरखा पुगेर झलनाथ भने, ‘टीका लगाउनुस्, प्रसाद खानुस्, छिटो बढुवा हुन्छ’
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक
माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?