यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १९, २०८१
|
|
५३ पटक हेरिएको
Shares
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
  • निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ। यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रूपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ५३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा निर्धारण भएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ १६ पैसा तोकिएको छ।

त्यसैगरी, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी
६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय स्वागतयोग्य : रायमाझी
कोरोनाको खोप बनाउँने दौडमा पहिलो हुन चोरबाटो र ‘फोहरी खेल’
अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी
अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
म्यान्चेस्टर सिटीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध !
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच   प्रतिस्पर्धा
प्रकाशशरण महत र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा
क्यामेरा जडान गरी बाघको गणना शुरु
क्यामेरा जडान गरी बाघको गणना शुरु
इन्धन बोक्ने ट्यांकरभित्र एक सय ६० केजी गाँजा बरामद, २ जना पक्राउ
इन्धन बोक्ने ट्यांकरभित्र एक सय ६० केजी गाँजा बरामद, २ जना पक्राउ
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज
भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज