व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !

सारांश

  • तनहुँ, १९ भदौ ।
  • नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
  • रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भने ।

तनहुँ, १९ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिको लागि आफ्नो कसैसँग तालमेल भएको छैन भने । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,” वरिष्ठ नेता पौडेलले भने ।

उनले लोकतन्त्र संस्थागत गर्न जनताका आधारभूत आवश्यकता पुरा गरेर विकासका कामलाई प्राथमिकतामा राखी काम गनुपर्नेमा जोड दिँदै उहाँले विकासका योजनालाई केन्द्रीकरण होइन सङ्घीयता सृदृढ बनाउनेतर्फ केन्द्रीत गर्नुपर्छ भने । मुलुकी संहिता २०७४ कुनै पार्टी विशेषले नभइ सबै पार्टीले बनाएको प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले प्रेस स्वतन्त्रता र स्वास्थ्य क्षेत्रमा देखिएका असन्तुष्टिका स्वरलाई संशोधन गरी सुधार गर्दै लानुपर्ने धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?