एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
एमालेबाट बागी उम्मेद्वारी दिएका शर्माको सदस्यता खारेज !

सारांश

  • सोलुखुम्बुको प्रदेश सभा ‘क’ मा बागी उम्मेद्धार दिएका लोचन कुमार शर्मालाई एमालेले कारबाही गरेको छ ।
  • आगामी मंसिर १० मा हुने निर्वाचनमा पाटीको निर्णय विपरित उम्मेद्धार दिएको भन्दै एमाले सोलुखुम्बुले कारबाही गरेको हो ।
  • जिल्ला अध्यक्ष मानवीर राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा पाटीको केन्द्रीय सर्कुलर अनुसार, मनोनयन फिर्ता लिनका लागि उपसमिति गठन गरी छलफललाई अघि बढाएपनि नेता शर्माले उम्मेद्धारी फिर्ता लिन सहमत नभएपछि पाटीले सदस्यता नरहने गरी अनुशासन कारबाही गरेको उल्लेख छ ।

सोलुखुम्बुको प्रदेश सभा ‘क’ मा बागी उम्मेद्धार दिएका लोचन कुमार शर्मालाई एमालेले कारबाही गरेको छ । आगामी मंसिर १० मा हुने निर्वाचनमा पाटीको निर्णय विपरित उम्मेद्धार दिएको भन्दै एमाले सोलुखुम्बुले कारबाही गरेको हो ।

जिल्ला अध्यक्ष मानवीर राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा पाटीको केन्द्रीय सर्कुलर अनुसार, मनोनयन फिर्ता लिनका लागि उपसमिति गठन गरी छलफललाई अघि बढाएपनि नेता शर्माले उम्मेद्धारी फिर्ता लिन सहमत नभएपछि पाटीले सदस्यता नरहने गरी अनुशासन कारबाही गरेको उल्लेख छ ।

उता, पाटीको अनुशासन कारबाहीमा परेका नेता शर्माले स्वतन्त्र ढंगले निर्वाचन लड्नका लागि तयारी गरिरहेका छन् । उनले पाटीले स्थानीय निर्वाचनमा प्रदेश सभाको उम्मेद्धार बनाउने लिखित सहमति गरेपनि योगदानको कदर नगरेको भन्दै बागी उम्मेद्धार दर्ता गराएका थिए ।

नयाँपत्रीका बाट!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?