नवरात्रको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै
सारांश
- काठमाडौं।
- बडादशैंकोे आज दोस्रो दिन।
- दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपूर्वक पूजाअर्चना गरिँदै छ।
काठमाडौं। बडादशैंकोे आज दोस्रो दिन। दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपूर्वक पूजाअर्चना गरिँदै छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजागर्ने परम्परा छ।
नवरात्रको पहिलो दिन हिजो दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ।
तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।
ब्रह्मचारिणी देवीलाई ब्रम्ह विद्याशक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रम्ह अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ।
सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानवचोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ।ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ।
प्रतिक्रिया