शेन वाटसन अस्ट्रेलिया क्रिकेट एसोसियसनको अध्यक्षमा नियुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
२० पटक हेरिएको
Shares
शेन वाटसन अस्ट्रेलिया क्रिकेट एसोसियसनको अध्यक्षमा नियुक्त

सारांश

  • एजेन्सी ।
  • अस्ट्रेलियका पूर्व अलराउण्डर शेन वाटसन अस्ट्रेलिया क्रिकेट एसोसियसनको अध्यक्षमा नियुक्त भएका छन्।
  • एसीएको जेनेरल मिटीङमा वाटसनको नियूक्ति भएको थियो।

एजेन्सी । अस्ट्रेलियका पूर्व अलराउण्डर शेन वाटसन अस्ट्रेलिया क्रिकेट एसोसियसनको अध्यक्षमा नियुक्त भएका छन्। एसीएको जेनेरल मिटीङमा वाटसनको नियूक्ति भएको थियो। अध्यक्ष बनेपछि वाटसनले क्रिकेटको बिकासमा सहयोग पुर्याउने बताएका छन्।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘एसीएको अध्यक्ष बन्न पाएकोमा म सनकै सम्मानित महशुस गरेको छु, किनकी भविष्यमा यसको भूमिका निकै महत्वपूर्ण हुनेछ। मैले उनीहरुको कामलाई अगाडी बढाउनु छ, जसले पहिले यो भूमिका निभाएका थिए। यो मौका मिलेकोमा म नकै उत्साहित छु। यसले मलाई त्यो खेललाई केही दिन सहयोग गर्नेछ जुन खेलले मलाई यो सब दियो।’

वाटसनले अष्ट्रेलियाबाट ५९ टेष्ट, १९० एकदिवसीय र ५८ टी–२० अन्तर्रा्ष्ट्रिय खेल खेलका छन्। उनी एसीएको १० सदस्यीय बोर्डको सदस्य हुनेछन् जसमा तीन जना नयाँ नियूति गरिएको छ। अहिले अष्ट्रेलियाको टिमबाट खेलिरहेका प्याट कमिन्स, क्रिस्टीन बीम्स र क्रिकेट कमेन्टेटर तथा पूर्व अस्ट्रेलियन खेलाडी लिसा स्टालेकर उक्त बोर्डमा नियुक्त भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?