श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
३० पटक हेरिएको
Shares
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !

सारांश

  • काठमाडौँ, १५ भदौ ।
  • श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहार जानुहुने भएको छ ।
  • उहाँ विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि आइतबार जाने कार्यक्रम छ ।

काठमाडौँ, १५ भदौ । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहार जानुहुने भएको छ । उहाँ विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि आइतबार जाने कार्यक्रम छ । श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू जानुहुने भएपछि स्वयम्भू क्षेत्रमा खुशीयाली छाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका राष्ट्रपति सिरिसेना विहारमा आयोजना गरिने विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनुहुनेछ । नेपाल बुद्धको जन्मभूमि हो । श्रीलङ्काले बुद्ध धर्मलाई राष्ट्र धर्मका रुपमा सम्मान गर्दैआएको छ । दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध निकट छ । उक्त विहारले राष्ट्रपति सिरिसेनालाई सुनको मोलम्बा (जलप) लगाएको बुद्धको प्रतिमा उपहार प्रदान गरिने विहारका प्रमुख भिक्षु धर्ममूर्तिले जानकारी दिनुभयो ।

शाक्यमुनि बुद्धको अन्त्येष्टिका क्रममा प्राप्त भएका अवशेषलाई अस्थी धातु भनिन्छ । बुद्ध धर्मका अनुयायीले पवित्र वस्तुका रुपमा सम्मान गर्ने सो धातु श्रीलङ्काबाट उपहारस्वरुप नेपाल ल्याइएको हो । मुलुकको पुरानो थेरवादी अभ्यास गरिने उक्त बौद्ध विहार २०७२ सालमा गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । उक्त विहारको पुनःनिर्माणका लागि श्रीलङ्काली सरकारले रु २१ करोड सहयोग गरेको थियो । राष्ट्रपति सिरिसेनाले उक्त विहारको सम्पूर्ण संरचनाकाबारेमा जानकारी लिनुहुनेछ ।

विहारको सो भवनको संरचना पूरा हुन लागेको भए पनि केही पूर्वाधारका साथै श्रीरामलङ्का चैत्य पूरै भत्काएर नयाँ निर्माणका क्रममा छ । पछिल्लो पटक विकास भएका अत्याधुनिक प्रविधिको प्रयोग गरी भूकम्प प्रतिरोधात्मक बनाइएको उक्त विहारमा धार्मिक गतिविधिका लागि हल, पुस्तकालय, भिक्षु बन्नका लागि दिक्षा लिने विशेष कक्षलगायतका संरचना तयार भइसकेको छ । पुनःनिर्माण करीब ९५ प्रतिशत सकिएको छ ।

सम्मेलनका लागि नेपाल आउनुभएका राष्ट्रपति सिरिसेनाले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी, आइतबार आनन्दकुटी विहार र चारुमती विहार पुगेर ‘धन्दो चैत्य’को दर्शन तथा पूजा गर्नुहुने कार्यक्रम छ । बिम्स्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्कामा ७५ र थाइल्याण्डमा ९० प्रतिशतको हाराहारीमा बौद्ध धर्मावलम्बी छन् । यी तीन मुलुक बौद्ध राष्ट्र हुन् । यसरी विशिष्ट पाहुनाले गर्ने सम्पदास्थलको भ्रमणले बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा टेवा पुग्ने अखिल नेपाल भिक्षु महासङ्घका महासचिव कौडण्यले विश्वास व्यक्त गर्नुभयो ।

आनन्दकुटी विहार गुठीले सञ्चालन गरेको करीब आठ दशक पुरानो मानिने सो विहारले बुद्ध जयन्तीमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको आतिथ्यतामा हुने मुख्य सार्वजनिक समारोह तथा प्रत्येक चार वर्षमा हुने अस्थी धातुयात्रा र प्रदर्शनको व्यवस्थापन गर्दै आएको छ । मुलुकमा अहिले विभिन्न धर्मावलम्बीका साथै १२५ जाति तथा समुदाय र १२३ भाषा प्रचलनमा रहेको भए पनि विभिन्न जाति तथा धर्मावलम्बी अवलोकनका लागि त्यहाँ आउने गरेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको विहारले सामाजिक सेवा र धार्मिक गतिविधिका माध्यमबाट मानिसमा नैतिकताको विकास र समाजमा शान्ति कायम गर्न भूमिका निर्वाह गर्दैआएको भिक्षु तपस्सी धम्मले बताउनुभयो । विसं २०१० वैशाख पूर्णिमामा तत्कालीन राजा त्रिभुवनले आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बैठकको अध्यक्षता गरेको इतिहास छ ।

(कृष्णराज गौतम)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय
दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु
दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भारतमा एकैदिन झण्डै २० हजार कोरोना सङ्क्रमित
भारतमा एकैदिन झण्डै २० हजार कोरोना सङ्क्रमित
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही
राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल
राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल
आँखा शिविरबाट ७८१ जनाले सेवा लिए
आँखा शिविरबाट ७८१ जनाले सेवा लिए
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा
मेगा बैंकले नेपालमै पहिलोपटक ल्यायो ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा

तपाईंले छुटाउनुभयो कि?