समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य

सारांश

  • चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन् ।
  • पार्टीभित्र र बाहिर पनि खरो बोल्ने नेताका रुपमा परिचित उनी गुल्मी १ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भए ।
  • यसअघि पराजित गरेका एमाले नेता प्रदीप ज्ञवालीसँग पराजयको स्वाद चाखेका उनी कांग्रेसलाई नयाँ बाटोमा लगेर मात्रै कांग्रेस पुनः राजनीतिमा सफल हुने बताउँछन् ।

चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन् । पार्टीभित्र र बाहिर पनि खरो बोल्ने नेताका रुपमा परिचित उनी गुल्मी १ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भए । यसअघि पराजित गरेका एमाले नेता प्रदीप ज्ञवालीसँग पराजयको स्वाद चाखेका उनी कांग्रेसलाई नयाँ बाटोमा लगेर मात्रै कांग्रेस पुनः राजनीतिमा सफल हुने बताउँछन् । चुनाबपछि गुल्मीबाट काठमाडौं जानेक्रममा बुटवल आएका भण्डारीसँग राजनीतिक उतारचढाव र कांग्रेस के गर्छ भन्ने विषयमा शिखर न्युज का लागि प्रदीप आचार्यले गरेको कुराकानीको सम्पादित अंश
अघिल्लो संविधानसभामा जितेका व्यक्तिसँग अहिले हार्नुभयो । यसको समीक्षामा के पाउनुभयो ?  
समाज राजनीतिकरण भएको छ । समाज विकासमा भन्दा पनि पार्टीगत रुपमा विभाजित बनेको छ । हाम्रो क्षेत्रमा माओवादी र जनमोर्चासँग एमाले मिल्नु भनेको बहुमत पहिले नै ल्याउनु जस्तै हो ।  जनता विकास र दृष्टिकोणको आधारमा परिणत हुन अझै सकेका छैनन् । यसले गर्दा कम मत आएको हो । र, यसलाई मैले राम्रो तरिकाले नै स्वीकारेको छु ।

परिणाम गठबन्धनको हिसाबले स्वभाविक थियो ?
गठबन्धन भएपछि मैले चुनाव जित्छु भन्ने मलाई थिएन  । यो कुरा मैले पहिले नै भनिसकेको थिएँ । तर गठबन्धन भएको बेला म निर्वाचनमा उठ्दिन भनेर भाग्नु राम्रो कुरा थिएन । मैले सामाजिक सञ्जालमा पनि लेखेको थिएँ कि मैले हार बेहोर्नु प¥यो भने पनि अर्को खोज हुनेछ मेरो लागि । म गाउँमा डुलेँ । जनताका कुरा सुनेँ । समस्याका बारेमा पहिलेभन्दा बढी जानकारी पाएँ । अन्तरक्रिया गरेँ । यसबाट म सोधपत्र तयार गर्नेछु । एउटा सोधपत्र मैले तयार पारिरहेको छु र अब अर्को पनि तयार पार्छु । जुन नतिजाको कुरा छ,  कांग्रेसले आफ्नो नेतृत्वमा माओवादी केन्द्र र एमालेसँग मिलेर संविधान जारी गरेको हो । कांग्रेसकै नेतृत्वमा रहेको सरकारले संविधान जारी गरेको हो । यसलाई हामीले सकारात्मक रुपमा लिनु पर्दछ । चुनाव त आउँछ जान्छ नि ।  हारजित ठूलो कुरा हैन ।

तपाइँले मत माग्दा विभिन्न योजनाहरुका बारेमा बताउनुभएको छ, ती योजना अब कसरी अघि बढ्लान् ?  तपाइँको भूमिका के हुन्छ ?
मैले नेपाली समाजलाई राजनितिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणले हेर्छु । आयु छोटो छ र त्यसको प्रयोग अत्याधिक गर्नु पर्छ भन्ने पनि लाग्छ मलाई । गुल्मी मेरो जिल्ला हो । मैले समृद्ध बनाउँछु । ४ वर्षमा ४२ वटा पूल बनेका छन् । यो नेपाल त के अन्य कुनै देशमा पनि निर्माण हुन सक्दैनन् । ९३ वटा खानेपानी योजना ल्याएका छौँ । ती काम मैले सुरु गरेँ । अहिले मेरा मित्र प्रदिप ज्ञवाललिे जित्नु भएको छ । हामीले विमानस्थलको काम पनि शुरु गरेका होँ । उहाँको समयमा २३ लाख आउने बजेट हाम्रो पालामा ६ करोड आएको छ । विमानस्थलका ठेकेदार तथा कर्मचारी उहाँका निकटतम मित्रहरु रहेका छन् । उनीहरुले यो कार्यलाई दुहुनो गाईको रुपमा लिएका छन् । तर ज्ञवालीजी एउटा ईमान्दार नेता हो । उहाँले यो विषयमा अलि गम्भीर हुन जरुरी छ । उहाँलाई प्रयोग गरेर अरु कसैले गलत ढंगले फाईदा नलेओस् ।

कांग्रेसको देशव्यापी नतिजा बिग्रेको छ, कसरी हेर्नुभएको छ ?
वाम एकैठाउँ हुँदा कांग्रेसले हार्छ भन्ने मानसिकता सबै जनतामा पार्न वाम गठबन्धन सफल भयो । योसँगै यसको पछाडि अदृश्य शक्ति के छ भन्ने कुरा पनि बुझ्नु पनि आवश्यक छ । समय अनुसारको चाहना हो । त्यसलाई बुझ्न सकेनौँ र पछाडि प¥यौं । कांग्रेसले भारतले गरेको नाकाबन्दी पछाडि र शुशील कोईराला प्रधानमन्त्रीमा पराजित भएपछि नै हार्न सुरु गरेको हो । यो नै हाम्रो मुख्य कमजोरी हो । हामीले बेलैमा सोचेनौं र यो नतिजा आयो ।

शेरबहादुर देउवाको नेतृत्व असफल भएको हो भन्न खोज्नुभएको हो ?
मैले यही नै भन्न खोजेको होईन । म पनि  केन्द्रीय सदस्य नै हुँ । यसो भन्दैगर्दा पनि यो कुराको जिम्मेवार म पनि हुन आउँछु । चुनावमा हामीले भोगको पराजयलाई हेर्दा नेतृत्वको कमजोरी मैले देख्ने होईन जनताले पनि देखेको छ । जनताले के हो भन्ने बुझेकै छन् नि । सबैतिर हारेपछि कसको कमजोरी भयो भन्ने कुरा त सबैलाई थाहा छ नि ।

कांग्रेसको नेतृत्व परिवर्तनको कुरा उठ्न थालेको छ । के नेतृत्व परिवर्तन गर्ने समय आएको हो ?
नेतृत्व असफल भयो भनिरहेको कुरा सबैले सुनेका छौं । यो बाहिर भन्दै हिडेर नेतृत्व परिवर्तन पनि हुँदैन । केन्द्रीय समिति बैठक बस्छ र त्यहाँ कुरा हुन्छ । त्यहाँ एजेन्डाको रुपमा यो कुरा प्रवेश गर्छ । हामी समीक्षा गर्छौं । युवामा नेतृत्व चाहियो भन्ने कुरा पनि सुनिएका छन् । तर तत्काल कसलाई नेतृत्व दिने ? को हो सक्षम भन्ने कुरा नै हामी समीक्षा गर्न बाँकी छ । हामी यी सबै कुरा केन्द्रीय समितिको बैठकबाट टुंगाउँछौं ।  कांग्रेसले चुनाबको बेला गठबन्धन गरेका दलहरुलाई जोगाउन पनि सकेन । आफु पनि सुरक्षित भएन ।

कांग्रेसले सरकारबाहिर बस्ने दलहरुको गठबन्धनलाई फेरि निरन्तरता दिन सक्छ ?
अब काम छैन । डेट एक्सपायर भएकाहरुलाई बोकेर अघि बढिन्न । जनताले खारेज गरेका पुराना विचार बोकेर हिड्नेहरुलाई बोकेर हिँडेर पनि हुन्छ । अब काम छैन । यतातिर नसोचौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’
‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’
काठमाडौँमा निषेधााज्ञा थपिने
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम
सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
आर्टेमिस-३ मिशनको लागि चन्द्रमामा नौ सम्भावित अवतरण क्षेत्रहरू पहिचान
आर्टेमिस-३ मिशनको लागि चन्द्रमामा नौ सम्भावित अवतरण क्षेत्रहरू पहिचान

तपाईंले छुटाउनुभयो कि?