आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७९
|
|
३२ पटक हेरिएको
Shares
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ।
  • सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो।

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ।

सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिए। आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्नेछ।

दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धान खेत मासेर केराखेती
धान खेत मासेर केराखेती
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
कामदारमाथि ठगी महानिर्देशक पुष्करले संरक्षण !
कामदारमाथि ठगी महानिर्देशक पुष्करले संरक्षण !
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक : गृहमन्त्री थापा
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’
वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो
वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो

तपाईंले छुटाउनुभयो कि?