नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
४३ पटक हेरिएको
Shares
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।

ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका तीनजनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरिसार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौँ–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी तथा गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ परेका अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रु ५० हजार, चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै रु दुई लाख ५५ हजार तथा पुलामी मगरले जङ्ग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै रु दुई लाख ५६ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

(madisonavenuemalls.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता
१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता
Inmate Loses his Life in Jail
Inmate Loses his Life in Jail
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति जुराइँदै
ज्योतिषलाई देखाएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति जुराइँदै
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय
एकै पटक ३० जना सचिवको सरुवा, को कहाँ ?
एकै पटक ३० जना सचिवको सरुवा, को कहाँ ?
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’
अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’