ठमेल र दरबारमार्ग रातभरी खोल्न अनुमति
सारांश
- काठमाडौं, पुस १६ ।
- अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा राजधानीको मूख्य पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग रातभरी खुल्ने भएको छ ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल तथा दरबारमार्गको रात्री व्यवसाय बिना रोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।
काठमाडौं, पुस १६ । अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा राजधानीको मूख्य पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग रातभरी खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल तथा दरबारमार्गको रात्री व्यवसाय बिना रोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।
४ बजेसम्म खोल्ने अनुमती दिएपछि प्रहरीले बिशेष सुरक्षा रणनीति बनाएर कार्यान्वायन सुरु गरेको छ । रात्री व्यवसाय सञ्चालनका नाममा अपराध तथा विकृति बढेको भन्दै गृह मन्त्रालयले ०६५ असोजदेखि राति ११ बजेपछि होटल (रेस्टुराँ तथा डान्सबार) सञ्चालनमा रोक लगाएको छ ।
त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष चेकिङ गर्ने भएको छ । मदिरा सेवन गरेर सवारी चलाउने र दुर्घटना हुनसक्ने भएकाले त्यसलाई रोक्न दरबारमार्ग, पुतलीसडक, जमल, लैनचौर, नयाँबजार लगायत क्षेत्रमा बिहानैसम्म मापसे चेकिङ गरिने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया