मन्त्री यादवद्वारा पदभार ग्रहण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १७, २०७९
|
|
३५ पटक हेरिएको
Shares
मन्त्री यादवद्वारा पदभार ग्रहण

सारांश

  • काठमाडौँ ।
  • नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।
  • मन्त्री यादवले आज पदबहाली गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।

मन्त्री यादवले आज पदबहाली गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्न आवश्यक रहेको बताए । “महिलाको अधिकारको लागि बनाउनुपर्ने कानुन, वर्तमान मन्त्रालयका यथास्थितिका समस्यालाई सामूहिक छलफल गरी समाधान गर्छौँ । जनतालाई सुशासनको अनुभूति दिलाउँछौँ ।” उनले भने ।

मन्त्री यादव यसअघि २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका थिए ।

गत मङ्सिर ४ को निर्वाचनमा सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्री यादवको जन्म विसं २०११ मा सर्लाहीको हरिपूर्वा नगरपालिकामा भएको हो ।

विसं २०३७ मा नेकपा(एमाले)को सदस्यका रुपमा उनको राजनीतिक यात्रा सुरु भएको थियो । उनले २०६२÷६३ सालको आन्दोलनपछि एमाले परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) स्थापना गरे । तर केही समयपछि तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना र त्यसपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य बनेका थिए ।

मन्त्री यादवले मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ सालमा नेकपा(एमाले)बाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरे ।

विसं २०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित हुनुभएको उहाँले दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट निर्वाचित भए । विसं २०७४ को निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयभित्र पढाइ रोकेर राजनीतिक क्रियाकलापहरु हुँदा अप्ठ्यारो  -अायाेग ।
विद्यालयभित्र पढाइ रोकेर राजनीतिक क्रियाकलापहरु हुँदा अप्ठ्यारो -अायाेग ।
Best Russian Mail Order Brides Sites, Prime Relationship Websites To Search Out European & Russian Girls In 2022
मुख्यमन्त्रीद्वारा ट्रेड टावर शिलान्यास
मुख्यमन्त्रीद्वारा ट्रेड टावर शिलान्यास
डलरसँगै खाडी मुलुकका मुद्रा महंगिए, हेर्नुस् कुन देशको कति बढ्यो
डलरसँगै खाडी मुलुकका मुद्रा महंगिए, हेर्नुस् कुन देशको कति बढ्यो
राजविराज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
राजविराज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो:  पुष्पकमल दाहाल प्रचण्ड
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो: पुष्पकमल दाहाल प्रचण्ड
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
पिनालेख पाटादेखि खप्तडछेडेदह जोड्ने सडक शिलान्यास
पिनालेख पाटादेखि खप्तडछेडेदह जोड्ने सडक शिलान्यास
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब,  जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब, जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति