एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
५९ पटक हेरिएको
Shares
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)

सारांश

  • किर्गिजस्तान ।
  • एएफसी अण्डर नाइन्टिन च्याम्पियनसिपको छनोट खेलमा मंगलबार नेपालले किर्गिजस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
  • किर्गिजस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा नेपाली समयअनुसार विहान पौने बाह्र बजे हुने खेल हुनेछ ।

किर्गिजस्तान । एएफसी अण्डर नाइन्टिन च्याम्पियनसिपको छनोट खेलमा मंगलबार नेपालले किर्गिजस्तानसँग प्रतिस्पर्धा गर्दैछ । किर्गिजस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा नेपाली समयअनुसार विहान पौने बाह्र बजे हुने खेल हुनेछ । दुवै नेपाली टोली जितका लागि खेल्ने बताएका छ।

नेपालभन्दा किर्गिजस्तान तुलनात्मक रुपले बलियो टिम मानिन्छ । यसअघि नेपाल र किर्गिजस्तानबीच भएका तीन खेलमा नेपालले एक मात्रै जितेकाे छ। एक महिनाअघि साफ अण्डर एट्टिनको उपाधी जितेको नेपाल उच्च मनोवलका साथ मैदानमा प्रस्तुत हुने  नेपाली टाेलीका क्याप्टेन अर्पण कार्कीले बताए।

एएफसी अण्डर नाइन्टिन च्याम्पियनसिपको छनौट समूह ‘ए’ मा रहेको नेपालले किर्गिजस्तानसँगै युएई, ओमान, बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिमले बिहीबार बहराइन,  शनिबार युएईसँग तथा अर्काे बुधबार ओमानसँग खेल्ने छ । समूहको शिर्ष स्थानमा रहने टोली २०१८ को अक्टोवरमा इन्डोनेसियामा हुने एएफसी अण्डर नाइन्टिन च्याम्पियनसिपका लागि छानिने छ। समूह चरणको खेलमा दोस्रो स्थानमा रहने उत्कृष्ट टिम पनि प्रतियोगिताका लागि छनौट हुनेछ । च्याम्पियनसिपमा आयोजक सहित दशवटा समूहका शीर्ष टिम र दोस्रो स्थान हासिल गरेका पाँच टिम छानिनेछन्।

नेपाली टोली: अर्पण कार्की(कप्तान), प्रजेन तामाङ, अभिषेक बराल, विश्व उदास, असिम भुसाल, विकास खवास, अशोक थापा, दिनेश हेन्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसाङ आङदेम्बे, आकाश श्रेष्ठ, राजेश परियार, मनिस थापा, सजित गुरुङ।

प्रमुख कोच : छिरिङ लोप्साङ

कोच : पुस्कर शाही

फिचर फोटो साभार : गोल नेपाल डटकम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले किन बोल्न दिएनन् कल्याण गुरुङलाई ?
देउवाले किन बोल्न दिएनन् कल्याण गुरुङलाई ?
सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
प्रधानमन्त्री निवास फिर्ता
प्रधानमन्त्री निवास फिर्ता
३३ किलो सुन पकरण: २८ करोड रुपैयाँ बराबरको धनमाल राष्ट्र बैंकको जिम्मा
१ रुपैंयामा वल्र्डकप जर्सी !
१ रुपैंयामा वल्र्डकप जर्सी !
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार सर्वसम्मत उम्मेदवार
मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो
विश्व बजारको प्रभावले नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा ५ हजार ८०० रुपैयाँले घट्यो