राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई

सारांश

  • काठमाडौँ ।
  • ललितपुर मेयर्स कप महिला ट्वान्टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

काठमाडौँ । ललितपुर मेयर्स कप महिला ट्वान्टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

आजको खेलमा एपिएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोशीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन भने लकिता राजजंशीले अविजित २१ रन बनाइन् । त्यस्तै अप्सरी बेगमले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

एपिएफका लागि विनु बुढा मगरले दुई विकेट लिइन भने सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले अविजित ७९ रन बनाइन भने इन्दु बर्मा ५१ रनमा अविजित रहिन् ।

कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् । प्रतियोगिता यही चैत ९ गतेबाट सुरु भएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?