संघीय संसदका कर्मचारीले कानुन विपरित बुझेको भत्ता फिर्ता गर्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
संघीय संसदका कर्मचारीले कानुन विपरित बुझेको भत्ता फिर्ता गर्नुपर्ने

सारांश

  • काठमाडौं ।
  • संघीय संसदका कर्मचारीले कानुन विपरित ८० प्रतिशत प्रोत्साहन भत्ता खाएका छन् ।
  • संसदका महासचिवदेखि अन्य कर्मचारीले सचिवालयका ३ करोड ६९ लाख १७ हजार रुपैयाँ कानुन विपरित लिएको भेटिएको हो ।

काठमाडौं । संघीय संसदका कर्मचारीले कानुन विपरित ८० प्रतिशत प्रोत्साहन भत्ता खाएका छन् । संसदका महासचिवदेखि अन्य कर्मचारीले सचिवालयका ३ करोड ६९ लाख १७ हजार रुपैयाँ कानुन विपरित लिएको भेटिएको हो ।

महालेखा परीक्षकको २०७४र७५ को प्रतिवेदन अनुसार संसदका महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा उक्त प्रोत्साहन भत्ता बुझेको देखिएको हो ।
महालेखाले अर्थ मन्त्रालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा संघीय संसद्मा वितरण गरिएको प्रोत्साहन भत्ता फिर्ता गराउन निर्देशन दिएको छ ।

गत वर्ष माघ १० देखि कुनै पनि निकायमा प्रोत्साहन नदिने निर्णय गरे पनि संसदका कर्मचारीले माघदेखि असारसम्मको तलबको ८० प्रतिशत बराबर भत्ता लिएका थिए ।

‘अर्थ मन्त्रालयको सहमतिबेगर २०७४ माघदेखि असार मसान्तसम्मको प्रोत्साहन भत्ता ३ करोड ६९ लाख १७ हजार उपलब्ध गराएको छ । यसरी नियमविपरीत उपलब्ध गराएको प्रोत्साहन भत्ता सम्बन्धित कर्मचारीबाट असुल गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।

(https://ausoma.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?