अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने

सारांश

  • काठमाडौं : अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् ।
  • न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट आएका गुनासालाई सम्बोधन गर्न सरकारले स्पष्ट विधि र मापदण्डको तयारी थालेको हो ।
  • न्यायाधीशहरू तालिम, गोष्ठी, अध्ययन, अनुसन्धान एवं अनुगमन भ्रमणमा विदेश जाँदा औचित्य पुष्टि गर्नुपर्ने गरी मापदण्ड तय गरिनेछ ।

काठमाडौं : अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् । न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट आएका गुनासालाई सम्बोधन गर्न सरकारले स्पष्ट विधि र मापदण्डको तयारी थालेको हो ।

न्यायाधीशहरू तालिम, गोष्ठी, अध्ययन, अनुसन्धान एवं अनुगमन भ्रमणमा विदेश जाँदा औचित्य पुष्टि गर्नुपर्ने गरी मापदण्ड तय गरिनेछ । यति मात्र नभई स्वदेशभित्रै पनि दातृ निकाय, एनजीओ र आईएनजीओले अदालतलाई सहयोग, न्यायाधीशलाई तालिम, कार्यक्रम वा भ्रमण गराउनुपरेमा सरकारको पूर्वस्वीकृति लिनुपर्ने गरी विधि निर्माणको तयारी हुँदै छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

कानुन तथा न्याय मन्त्रालयले विदेशी निकाय र आईएनजीओबाट न्यायाधीशलाई विदेश घुम्न लैजाँदा वा स्वदेशमा कार्यक्रम गर्ने सन्दर्भमा स्पष्ट मापदण्डको खाका तय गरी क्याबिनेटमा पेस गर्ने भएको छ । सुशासन एवं पारदर्शिता कायम गर्न यस्तो मापदण्ड तय गर्न थालिएको जानकारी कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङले दिए ।

‘यसअघि कोही श्रीमान् विदेश जाँदा पनि सरकारले जानकारी नपाउने अवस्था रहेछ । अब यस्तो अवस्था रोक्न क्याबिनेटले स्पष्ट विधि र मापदण्ड तय गर्नेछ,’ न्यायपरिषद् सदस्यसमेत रहेका मन्त्री तामाङले अन्नपूर्णसँगको विशेष कुराकानीमा सोमबार भने, ‘विदेश गएर फर्केपछि मात्र टिकटलगायतको खर्च स्वीकृतिका लागि मात्र पेस हुँदो रहेछ । अब त्यसरी होइन, राष्ट्रकै प्रतिनिधि भएर उहाँहरू जाने हो । तर, क्याबिनेटको अनुमति लिएर मात्र विदेश भ्रमणमा जानुहुन्छ । यसका लागि स्पष्ट मापदण्ड बनाएर मन्त्रालयले क्याबिनेटमा पेस गर्छ ।’

मन्त्री तामाङले यस्तो मापदण्डको गृहकार्य भइरहेको जानकारी पनि गराए । प्रधानन्यायाधीश वा न्यायाधीशको भ्रमणको औचित्य वा आवश्यकता पुष्टि हुनुपर्ने भनाइ उनको थियो ।

नेपाल बार एसोसिएसनको नेपालगन्जमा आइतबार सम्पन्न राष्ट्रिय सम्मेलनको बन्द सत्रमा समेत न्यायालय आईएनजीओको दबाब र प्रभावमा फस्न थालेको भन्दै न्यायिक स्वतन्त्रता जोगाउनेतर्फ ठोस कदम चालिनुपर्ने आवाज उठेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी
मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी
हटेन ढिके नुनको प्रयोग गर्ने बानी
हटेन ढिके नुनको प्रयोग गर्ने बानी
पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
बजेटमा उद्योगीका सुझाव सङ्कलन
बजेटमा उद्योगीका सुझाव सङ्कलन
तेस्राे स्थानका लागि भिडन्तः नेपाललाई चाैँथाे सफलता, अफगानिस्तानकाे १०० रन पुरा !
तेस्राे स्थानका लागि भिडन्तः नेपाललाई चाैँथाे सफलता, अफगानिस्तानकाे १०० रन पुरा !
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
कोरोना संक्रमित डाक्टरकै परिवार अपहेलित, स्वाब संकलन गर्दा नाम ढाँटे
औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व
औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व
रजनीकान्त र अक्षय कुमारको चलचित्र २.० कतिमा निर्माण भयाे ?
रजनीकान्त र अक्षय कुमारको चलचित्र २.० कतिमा निर्माण भयाे ?
राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४
राष्ट्रियसभामा एमाले–माओवादीबीच भागवण्डा मिल्यो, एमाले २९ माओवादी १४

तपाईंले छुटाउनुभयो कि?