संचारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसकाे माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
संचारमन्त्रीलाई बर्खास्त गर्न कांग्रेसकाे माग

सारांश

  • काठमाडौं।
  • संचारमन्त्रीले घुस मागेको अडियो सार्वजनिक भएपछि यस विषयमा चर्चा परिचर्चा चलिरहँदा यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
  • कांग्रेसले यस विषयमा विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।

काठमाडौं। संचारमन्त्रीले घुस मागेको अडियो सार्वजनिक भएपछि यस विषयमा चर्चा परिचर्चा चलिरहँदा यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले यस विषयमा विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्यमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता भइरहेको अनुमान यसअघि नै गरिएकोमा मन्त्रीको अडियोले त्यसलाई पुष्टि गरेको उल्लेख छ । वक्तव्यमा अडियो सार्वजनिक भइसकेको अवस्थामा मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको लागि सघाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

(ironman.greaterzion)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?