यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू

सारांश

  • काठमाडाै, २८ साउन ।
  • केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले पाँच महिनामा विभिन्न क्षेत्रमा ९२ उपलब्धि हासिल भएको दावी गरेको छ।
  • ‘प्रधानमन्त्री के.

काठमाडाै, २८ साउन । केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले पाँच महिनामा विभिन्न क्षेत्रमा ९२ उपलब्धि हासिल भएको दावी गरेको छ। ‘प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कार्यहरु’ नामक पुस्तिका सार्वजनिक गर्दै यस्तो दावी गरेको हो।

पुस्तिकामा पाँच महिना अवधिमा २० क्षेत्रमा विभिन्न उपलब्धि भएको दावी गर्दै तिनको सूचीसमेत दिइएको छ। त्यसमध्ये ‘सुशाासनका लागि मानक थालनी’ अन्तर्गत विभिन्न १३ खालका उपलब्धि हासिल भएको सरकारको दावी छ। यसैगरी ‘हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन’ शीर्षक अन्तर्गत ६ वटा उपलब्धि समेटिएका छन् भने ‘नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध’ अन्तर्गत ११ उपलब्धि हासिल भएको दावी गरिएको छ।

पुस्तिकामा प्रधानमन्त्री ओलीको २३–२५ चैत्र २०७४ मा भएको भारतको ३ दिने राजकीय भ्रमण र ५–१० असार २०७५ मा भएको चीनको औपचारिक भ्रमणपनि उपलब्धिमूलक भएको बताउँदै त्यसको सविस्तार चर्चा गरिएको छ। ‘अर्थ–प्रशासनमा सुधार, राज्यकोषलाई उल्लेख्य लाभ’ शीर्षक अन्तर्गत १० वटा उपलब्धि भएको दावी गरेको सरकारले आफ्नो मुख्य नाराको रुपमा रहेको ‘सडक÷रेल पूर्वाधार निर्माणः तीब्र गतिमा काम’ शीर्षकमा ६ उपलब्धि हासिल भएको बताएको छ।

 

यसैगरी ‘पूर्वाधार विकासमा छोटो समयका केही नतिजा’ भन्दै ६ वटा उपलब्धि भएको दावी सरकारको छ भने ‘ऊर्जामा आत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधन’ शीर्षकमा २ उपलब्धि हासिल भएको भनिएको छ।

‘शिक्षा क्षेत्रमा दूरगामी महत्वका तीन प्रमुख काम’ भन्दै ती कामहरुको सूची दिइएको छ। ‘सुरक्षाको क्षेत्रमा भएका मूख्य पाँच काम’ भन्दै जम्मा ४ वटा कामको सूची उल्लेख गरिएको छ। ‘पुनर्निर्माणमा नतिजामुखी काम’ ४ वटा काम भएको दावी सरकारले गरेको छ।

यसैगरी ‘कृषिको व्यवसायिकरण’ ४ वटा, ‘सामाजिक सुरक्षामा नयाँ थालनी’ अन्तर्गत ३ वटा, ‘प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्ध’ अन्तर्गत ४ वटा, ‘मेलम्ची खानेपानीः सपनाबाट यथार्थमा परिणत हुँदै’ शीर्षक अन्तर्गत ५ वटा उपलब्धि हासिल भएको चर्चा गरिएको छ।

‘नमुना शहर र एकीकृत वस्ती निर्माणको आधार तयार’ अन्तर्गत ३ वटा, स्वास्थ्य क्षेत्रमा उपलब्धिः औषधीको मुल्य निर्धारण’ अन्तर्गत ३ वटा, ‘उद्योगमा सफलताः फलाम खानी अन्वेषण’ अन्तर्गत ३ वटा उपलब्धि भएको बताउँदै सरकारले ‘अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माणको तयारी’ अन्तर्गत २ वटा उपलब्धि भएको दावी गरेको छ।

तलकाे लिंक खाेल्नुहाेस ।

https://drive.google.com/file/d/1dS_luKNKAzCBe9BzToKyOLgSmTGZ6IqR/view

 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Raju Shresta

    Kehi phichan xeen

    Comment Author

    Ganesh Shakya

    गर्नै पर्ने तर नगरेका कामहरुको लिस्त पनि होला नि त ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?