संविधानबाट निकास र अदालतबाट न्यायमा विश्वास टुट्नु खतरा : कमल थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
संविधानबाट निकास र अदालतबाट न्यायमा विश्वास टुट्नु खतरा : कमल थापा

सारांश

  • काठमाडौं, २२ असोज ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानबाट निकास र अदालतबाट न्याय पाइन्छ भन्ने विश्वास भएन भने जस्तोसुकै परिवर्तन पनि स्थायी र दिगो नहुने बताएका छन् ।
  • पार्टी निकट कानुन व्यवसायीहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनद्वारा आज काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले न्यायिक क्षेत्र विवादमुक्त नभएकोमा चिन्ता प्रकट गरे ।

काठमाडौं, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानबाट निकास र अदालतबाट न्याय पाइन्छ भन्ने विश्वास भएन भने जस्तोसुकै परिवर्तन पनि स्थायी र दिगो नहुने बताएका छन् ।

पार्टी निकट कानुन व्यवसायीहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनद्वारा आज काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले न्यायिक क्षेत्र विवादमुक्त नभएकोमा चिन्ता प्रकट गरे ।

सबै उपचारको ढोका बन्द भएपछि अन्तिम आस्था र विश्वासको केन्द्र अदालत हो भन्दै थापाले अदालतको आस्था र विश्वासमा प्रश्नचिन्ह उठ्नुलाई स्वभाविक रुपमा लिन नसकिने उल्लेख गरे । न्याय र कानुनको विश्वासलाई जनमानसमा पुनस्र्थापित गर्ने चुनौती रहेको बताउँदै अध्यक्ष थापाले न्यायिक क्षेत्रको स्वतन्त्रता र सर्वोच्चतामा राप्रपा सदैव प्रतिबद्ध रहेको विचार व्यक्त गरे ।

“जस हामीले पायौं कि पाएनौं, थाहा छैन तर प्रधानन्यायाधिश सुशीला कार्कीको महाअभियोग प्रस्तावको हामीले विरोध मात्र गरेनौं, उपप्रधानमन्त्री सहित सातवटा मन्त्रालय त्याग्यौं”, थापाले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरणको स्मरण गर्दै भने ।
धेरै राजनीतिक परिवर्तनमा कानुन व्यवसायीहरुको सकारात्मक भूमिकाको अपेक्षा समेत उनले गरे । अध्यक्ष थापाले नेपाल र नेपाली जनताका आफ्नै किसिमका विशिष्ट र मौलिक संस्कृति, पहिचान रहेको चर्चा गर्दै वैदिक र सनातन मूल्य मान्यतालाई कमजोर बनाउने षडयन्त्रप्रति विद्वतवर्ग सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै राप्रपाका नेता एवं सांसद राजेन्द्र लिङदेनले न्यायालयमा भएको तीव्र राजनीतिकरण र न्याय सम्पादन जनताको सरल पहुँचमा नभएको प्रति चिन्ता प्रकट गरे । राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनका अध्यक्ष राजु बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, सर्वोच्च बार अध्यक्ष खगेन्द्र अधिकारी, नेपाल कानुन व्यवसायी संगठनका संयोजक रुद्र नेपाल, प्रजातान्त्रिक कानुन व्यवसायी संगठनका अध्यक्ष योगेन्द्र अधिकारी, अधिवक्ताहरु उद्धवचन्द्र घिमिरे र भूपेन्द्र पोखरेल लगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?