क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार

सारांश

  • काठमाडौं, ३ असार ।
  • होटल अन्नपूर्णले सर्बोच्च अदालतको आदेशलाई अटेर गर्दै फरक नाममा क्यासिनो सञ्चालन गरेर पुराना मजदुरहरुलाई पेल्न थालेपछि लफडा बढेको छ ।
  • चार बर्ष अगाडि बन्द भएको क्यासिनो नयाँ नाममा अनुमति लिएर सञ्चालनमा आएसँगै पुराना मजदुर कर्मचारी आन्दोलित भएका हुन् ।

काठमाडौं, ३ असार । होटल अन्नपूर्णले सर्बोच्च अदालतको आदेशलाई अटेर गर्दै फरक नाममा क्यासिनो सञ्चालन गरेर पुराना मजदुरहरुलाई पेल्न थालेपछि लफडा बढेको छ ।

चार बर्ष अगाडि बन्द भएको क्यासिनो नयाँ नाममा अनुमति लिएर सञ्चालनमा आएसँगै पुराना मजदुर कर्मचारी आन्दोलित भएका हुन् ।

सर्वोच्च अदालतले जेठ १४ गते नयाँ नाममा क्यासिनो खुले पनि पुराना कर्मचारीलाई काममा फर्काउनु र काम गर्न नचाहने कर्मचारीलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो । सोही आदेशलाई आधार बनाउँदै क्यासिनो प्यालेस पुगेका कर्मचारीको माग व्यवस्थापनले नसुनेपछि उनीहरु उनीहरु आन्दोलित भएका छन् । क्यासिनो प्यालेस सञ्चालनमा आएको तीन महिना भईसक्दा उनीहरुलाई व्यबस्थापनले काममा लगाएको छैन । राजश्व नतिरेको भन्दै तात्कालिन सरकारले २०७१ वैशाख ७ गते अन्ना क्यासिनो बन्द गराएको थियो ।

त्यसपछि क्यासिनो अन्नाका सञ्चालक तप्तबहादुर विष्ट र कल्पदीप राईले राजश्व तिर्नुको सट्टा फरक व्यक्ति सञ्चालक रहने गरि क्यासिनो प्यालेसको नाममा अनुमति लिएर क्यासिनो सञ्चालन गरेका छन् । युनार्इटेड पाेस्ट साप्ताहीकका अनुसार नयाँ नामलाई आधार बनाई क्यानिसो सञ्चालकहरु कर्मचारीलाई सेवा सुविधा नदिई गुण्डा र प्रहरीलाई प्रयोग गरेर पेल्ने अभियानमा छन् । तत्कालिन पर्यटनमन्त्री जितेन्द्र देवले करोडौ रकम कमिशन लिएर होटल अन्नपुर्णलाई क्यासिनो प्यालेस संञ्चालनको अनुमति दिइएको थियो ।

क्यासिनो प्यालेस बिनय शाहले सञ्चालन गरेपनि सर्वोच्च अदालतले होटल व्यवस्थापन पनि जिम्मेवार हुनुपर्ने आदेश दिंदा समेत उनले सुनेका छैनन ।  धर्ना बसेका मजदुरहरुलाई क्यासिनो व्यवस्थापनले दरबारमार्गका प्रहरी प्रमुखलाई प्रभाबमा पारी पेल्ने अभियान लिएको एक कर्मचारीले वताए ।  क्यासिनो व्यवस्थापनले गोप्य स्थानमा थुनेर धम्क्याउने गरेको पीडीत कर्मचारीले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tirtha Prakash Manandhar

    Nepal ma prahari pani bardidhari 1prakar ko gunda nai ta ho ni.kriyakalap haru heryuo bhane.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?