यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
३० पटक हेरिएको
Shares
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन

सारांश

  • काठमाडौं, ५ साउन ।
  • सरकारले संघ, प्रदेश र स्थानीय तीनै तहमा आवश्यक पर्ने कर्मचारीहरुको समायोजन गर्नका लागि गृहकार्य शुरु गरेको छ ।
  • साउनको तेस्रो सातादेखि समायोजन प्रक्रिया थालिने जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिएका छन् ।

काठमाडौं, ५ साउन । सरकारले संघ, प्रदेश र स्थानीय तीनै तहमा आवश्यक पर्ने कर्मचारीहरुको समायोजन गर्नका लागि गृहकार्य शुरु गरेको छ । साउनको तेस्रो सातादेखि समायोजन प्रक्रिया थालिने जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले दिएका छन् ।

सरकारले संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा रहने कर्मचारीको स्थायी दरबन्दी यसअघि ने टुंगो लगाइसकेको छ । त्यस अनुसार तत्काल २१ हजार नयाँ कर्मचारी आवश्यक देखिएको छ । हाल निजामतीतर्फ ८६ हजार र स्थानीय तहतर्फ १७ हजार गरी १ लाख ३ हजार कर्मचारी कार्यरत छन् । तीनै तहमा गरी १ लाख २४ हजार २ सय ५७ कर्मचारी आवश्यक पर्ने भन्दै संगठन संरचना पारित गरेको छ ।

सचिव दिनेशकुमार थपलियाले हाल रहेका निजामतीका ८६ हजार र स्थानीय तहका १६ हजार कर्मचारीलाई स्थानीय तह, प्रदेश र संघमा समायोजन गरेपछि अपुग कर्मचारी पदपूर्ति लोकसेवा आयोगद्वारा गरिने जानकारी दिएका छन् । प्रदेश लोकसेवा आयोग गठन नभएकाले समायोजनपछि आवश्यक पर्ने कर्मचारीको भर्ना केन्द्रिय लोकसेवा आयोगले नै गर्नेछ । पछि प्रदेशमा लोकसेवा आयोग गठन भएपछि प्रदेश र स्थानीय तहका कर्मचारीको पदपुर्ति प्रदेश लोकसेवा आयोगले गर्ने जनाइएको छ ।

कर्मचारी समायोजन गर्दा पहिला दरबन्दी अनुसार स्थानीय तहमा कर्मचारीको समायोजन गरिने छ । त्यसपछि प्रदेश तहमा कर्मचारी समायोजन गरिनेछ । स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजन गरेपछि बाँकीलाई संघमा समायोजन गरिने बताइएको छ । समायोजन ऐनमा भने कर्मचारी समायोजनको आधारको रुपमा कर्मचारी कार्यरत पदको ज्येष्ठता, कर्मचारीको रोजाई र स्थायी बसोवासका आधारमा कर्मचारी समायोजन गरिने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?