जब श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरे…
सारांश
- सुर्खेतमा एक व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु प्रहार गरेका छन् ।
- चिङ्गाड गाउँपालिका –१ का ३० वर्षीय तिलबहादुर घर्तीले आफ्नै श्रीमितलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।
- शुक्रबार बिहान ८ बजे वीरेन्द्रनगर नगरपालिका –४ भैरवस्थानस्थित ससुरालीको घरमा आएका उनले त्यही नै चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।
सुर्खेतमा एक व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु प्रहार गरेका छन् । चिङ्गाड गाउँपालिका –१ का ३० वर्षीय तिलबहादुर घर्तीले आफ्नै श्रीमितलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।
शुक्रबार बिहान ८ बजे वीरेन्द्रनगर नगरपालिका –४ भैरवस्थानस्थित ससुरालीको घरमा आएका उनले त्यही नै चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हिराबहादुर पाण्डेले भने,‘ ३३ वर्षीया श्रीमती खगिसरा घर्तीलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीलाई खबर आउने वित्तिकै प्रहरी त्यहाँ खटिएको थियो ।’
उनका अनुसार खगिसराको अहिले कर्णली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । ‘उनी टाउको, घाँटी, कुमको पछाडी दुबै हातमा चोट लागेकाले बोल्न सक्ने अवस्थामा छैनन्,’ उनले भने । प्रहरीका अनुसार तिलबहादुरलाई चक्कुसहित प्रहरीले नियन्त्रणका लिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया