सकियो अदालतको शरणमा पुगेका रेशम चौधरीको बयान

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सकियो अदालतको शरणमा पुगेका रेशम चौधरीको बयान

सारांश

  • काठमाडौं, १४ फागुन ।
  • जिला अदालत कैलालीको शरणमा पुगेका टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीको बयान सकिएको छ ।
  • गत आमनिर्वाचनमा कैलाली– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको बयान सकिएपछि थुनछेक बहस शुरु हुँदैछ ।

काठमाडौं, १४ फागुन । जिला अदालत कैलालीको शरणमा पुगेका टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीको बयान सकिएको छ । गत आमनिर्वाचनमा कैलाली– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको बयान सकिएपछि थुनछेक बहस शुरु हुँदैछ ।

जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासमा सरकारी वकिलहरुले चौधरीसँग बयान लिएका थिए । चौधरीको पक्षमा अधिवक्ता गंगाराम उपाध्याय, गजेन्द्र केसी र मिलन राईले बहस गर्नेछन् । बहसपछि अदालतले सामान्य तारिख, धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भनेर आदेश दिनसक्ने छ ।

थरुहट आन्दोलनका क्रममा टीकापुरमा प्रहरीसहित ८ जनाको हत्या भएको घटनाका मुख्य अभियुक्त ठानिएका रेशमलाल चौधरीले सोमवार बिहान सवा ११ बजेतिर जिल्ला अदालत कैलालीमा आत्मसर्मपण गरेका थिए । अदालत परिसरमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरीको टोली खटाइएको छ ।

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/02/26/53677/

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/02/26/53698/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?