एनसेलको मुद्दामाथि पूर्ण इजलासमा बहस हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
२७ पटक हेरिएको
Shares
एनसेलको मुद्दामाथि पूर्ण इजलासमा बहस हुँदै

सारांश

  • काठमाडौँ ।
  • दूरसञ्चार कम्पनी एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुँदै छ ।
  • न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्न लागेको हो ।

काठमाडौँ । दूरसञ्चार कम्पनी एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुँदै छ ।न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्न लागेको हो ।पटक(पटक अदालतले कर तिर्न आदेश दिए पनि एनसेलले अझै पनि कर तिर्ने काम टार्दै आएको छ । पछिल्लो समय ठूला करदाता कार्यालयले निर्धारण गरेको करप्रति एनसेलले असहमति जनाउँदै पुनः रीट दायर गरेपछि सो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

स्थापना भएको १५ वर्ष भएको एनसेलको मूल्याङ्कन एक खर्बभन्दा बढी पुगेको छ । नेपालको भूमि र फ्रिक्वेन्सी प्रयोग गरेर गत वर्ष एनसेलले ५७ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको थियो । तर पनि एनसेलले ठूला करदाता कार्यालयले तोकेको कर नतिर्न विभिन्न बाहना बनाएको कर विज्ञहरु बताउँछन् ।गत बैशाख ३ गते ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ लाभकर तिर्न एनसेललाई ७ दिनको समय दिएको थियो । तर एनसेलले बैशाख ९ गते कर निर्धारण नमिलेको भन्दै सर्वोच्च अदालतमा रीट दायर गरेको थियो । त्यस पछि बैशाख १२ गते सर्वोच्चले तत्काल कर नलिन र कर निर्धारणको गर्नुको लिखित जवाफ ठूला करदाता कार्यालयसँग मागेको थियो ।त्यसपछि जेठ सात गते न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले विषयवस्तुको गाम्भीर्यता र जनसरोकारको विषय भन्दै छिटो टुंग्याउन जेठ २१ गतेको पेशी तोकेको थियो । सो इजलासले यो विवादलाई पूर्ण इजलासबाट टुंगो लगाउन प्रधानन्यायाधीश समक्ष पेश गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थिति हुनुपर्छ : प्रचण्ड
राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थिति हुनुपर्छ : प्रचण्ड
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !
ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा
ऋषि सुनकले गरे प्रधानमन्त्रीको उम्मेदवारी घोषणा
ओलीले ‘प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोज्नुपर्ने’ परिस्थिति बनाइँदै
अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने
अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
पल शाहको मुद्दा मिलाउन परिवार सक्रिय
पल शाहको मुद्दा मिलाउन परिवार सक्रिय
किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : नेता सिंह
किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : नेता सिंह
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर

तपाईंले छुटाउनुभयो कि?