गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा

सारांश

  • काठमाडाै, १० कात्तिक ।
  •   नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा बन्न लागेको रंगशालालाई कुनै पनि हालतमा स्व जननेता मदन भण्डारीको नामसँग जोड्न नदिने बताएका छन्।
  • झापामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै शर्माले भने, ‘रंगशालामा प्रधानमन्त्री केपी ओलीले राजनीति नगरुन्।

काठमाडाै, १० कात्तिक ।  नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा बन्न लागेको रंगशालालाई कुनै पनि हालतमा स्व जननेता मदन भण्डारीको नामसँग जोड्न नदिने बताएका छन्। झापामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै शर्माले भने, ‘रंगशालामा प्रधानमन्त्री केपी ओलीले राजनीति नगरुन्। जबरजस्ती गरे म पनि झापाकै हुँ। गर्धन थाप्छु, तर आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन हुन दिन्नँ।’

उनले बहुसंख्यक आदिवासी जनजातिको समाधिस्थल मासेर निर्माण गर्न लागिएको रंगशालामा प्रधानमन्त्री ओलीले राजनीति गरेको आरोप लगाए। झापा निर्वाचन क्षेत्र नम्बर ५ को पाडाजुँगीमा ‘आदिवासी जनजाति’ नाम राखेर रंगशाला निर्माण गर्ने नेपाल सरकारको तयारी थियो। तर, सत्तारुढ दलको दबाबमा स्व नेता मदन भण्डारीको नाममा रंगशाला निर्माण गर्न लागिएपछि त्यहाँका आदिवासी जनजाति आक्रोशित छन्। उक्त क्षेत्रमा आदिवासी जनजातिको बाहुल्यता छ। त्यहाँ निर्माण भएका आदिवासी जनजातिका लगभग आठ सय समाधिस्थल हटाएर अन्तर्राष्ट्रिय रंगशाला बनाउने सरकारको योजना हो। पाडाजुँगी चोकको पूर्वपट्टि डेढदेखि दुई बिगाहा जमिनमा राई, लिम्बूहरू र तामाङ समुदायहरूको समाधिस्थल छ। त्यहाँ रंगशाला बनाउने प्रस्ताव २०६५ मै भई स्थानीयबाट स्वीकृत भएको थियो।

सबै राजनीतिक दल र स्थानीयले प्रस्तावमा स्वीकृति जनाएपछि ती समाधिस्थल मासेर रंगशाला बनाउँदा ‘आदिवासी जनजाति रंगशाला’ राख्ने सहमति बनेको थियो। माधवकुमार नेपाल नेतृत्वको सरकारताका तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारी आएर त्यहाँ ‘आदिवासी जनजाति रंगशाला’कै नाममा शिलान्यास भएको थियो। अहिले त्यो सहमति विपरीत सत्तारुढ दलको प्रभावमा नाम बदलेर ‘मदन भण्डारी रंगशाला’ नाममा बजेट विनियोजन भएको छ। नाम बदलेर राष्ट्रिय बजेटबाटै विनियोजन भएपछि आदिवासी जनजाति समुदाय आक्रोशित छन्।

‘यहाँ मदन भण्डारीको नाममा केही बनाउने हो भने अरू केही विज्ञान तथा प्रविधि क्षेत्रमा योगदान दिने संस्था बनाऔं, हैन भने जनभावना विपरीत रंगशालाको नाम बदल्न खोजिए गर्दन थाप्छु भनेको हुँ,’ शर्माले  भने।  सेताेपाटिका अनुसार शर्मा नेपाली कांग्रेस शिवसताक्षी नगरको चाड पर्व विशेष शुभकामना आदान(प्रदान, चियापान तथा पार्टीका अग्रजलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै थिए।

अर्को प्रसंगमा नेता शर्माले पार्टीभित्रको गुट उपगुटको अन्त्य गर्न केन्द्रीय नेतृत्व नै लाग्नुपर्ने बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको खाना खाने थाल एउटै हुनपर्ने बताए। ‘सभापति देउवा र वरिष्ठ नेताको खाना खाने थाल एउटै हुनुपर्छ, सबै प्रजातन्त्रवादी शक्ति एक हुने हो भने यो मुलुकमा अरु कुनै राजनीतिक शक्तिको केही चल्दै चल्दैन।’
शर्माले पार्टीका सबै कार्यकर्ताले इमानदारिता देखाए अबको पाँच वर्षपछाडि तीन पटक लगातार तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे। नेता शर्माले वर्षका ३६४ दिन नेपाली कांग्रेसको छहारीमा बस्ने, निर्वाचनको एक दिनअघि पार्टी छाड्ने प्रवृत्तिले कांग्रेसले हार व्यहोरेको दाबी गरे। ‘यसले छाडा तन्त्र मौलाएको छ,’ उनले भने।

३६५ दिनै नेपाली कांग्रेसको मार्गदर्शन र सिद्धान्तमा अडिग रहने हो भने नेपालमा कुनै कम्युनिष्टले चुनाव जित्नै नसक्ने शर्माको ठोकुवा छ। युवा नेता शर्माले संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा मत परिणाम जे आयो त्यसलाई सहज स्वीकार गर्न सबैलाई आग्रह गरे। पार्टीमा आलोचना र प्रशंसा गरेर पार्टी आधुनिक हुन नसक्ने भन्दै नेता शर्माले ‘नेपाली कांग्रेस सुखमा मातिँदैन र दुखमा आतिँदैन’ भने। ‘कम्युनिष्ट सुखले मात्तिन थालेका छन्, जनता दुःखले आतिन थालेका छन्,’ उनले भने, ‘जनताको सुख दुखमा साथ दिने पार्टी भनेकै नेपाली कांग्रेस हो। अब टिम मिलाएर कांग्रेस गोल हान्न मैदानमा जानुपर्छ।’ शर्माले भने, ‘कम्युनिष्टले चुनाव नजितेको भए उनीहरूको असली रुप नै गुमनाम हुने रहेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?