सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?

सारांश

  • नयाँ दिल्ली।
  • बलिउड अभिनेता सनी देओल पहिलो पटक बिजेपीको तर्फबाट चुनाव लडेका छन्।
  • लोकसभा निर्वाचनको रुझान आउने क्रम जारी छ।

नयाँ दिल्ली। बलिउड अभिनेता सनी देओल पहिलो पटक बिजेपीको तर्फबाट चुनाव लडेका छन्। लोकसभा निर्वाचनको रुझान आउने क्रम जारी छ। यसैबीच एक टेलिभिजन शोमा एक प्रस्तोताले सनी देओललाई गल्तीले सनी लियोनी भनेका छन्।

यतिबेला समाजिक संजालमा ती प्रस्तोताको भिडियो क्लिप्स भाइरल भएको छ। सनी लियोनीले पनि यो विषयमा ट्विट गरेकी छन्।

सनी लियोनीले ट्विट गर्दै लेखेकी छन्, ‘म कति भोटले अगाडि छु।’ अर्का एकजनाले ट्विट गर्दै लेखेका छन्, ‘मोदीको प्रेममा यी देवदास बनेछन्।’
सनीका एक फ्यानले सनीले सोधेको प्रश्नमा लेखेका छन्, ‘तपाइँ ले१३५ करोड भारतीयको मन जित्नु भएको छ।’ यही कुरालाई अगाडि बढाउँदै अर्का एक जनाले लेखेका छन्, ‘विषेश गरी सिंगल युवा।’

सनी लियोनीका अर्का एक फ्यानले लेखेका छन्, ‘अचम्म छ, तपाइँले पनि चुनावी परिणामलाई हेरिरहनु भएको रहेछ। जे भएपनि तपाइँले जित्नुपर्छ।’

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?