राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता

सारांश

  • काठमाडौं १५ माघ ।
  • विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेस्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैंयाँ डुब्ने अवस्थामा पुगेको छ ।
  •  ठेक्का सम्झौता गर्दा पेस्कीरुवरुप ठेकेदारले २४ अर्ब रुपैंयाँ लिएका छन् ।

काठमाडौं १५ माघ । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेस्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैंयाँ डुब्ने अवस्थामा पुगेको छ । ठेक्का सम्झौता गर्दा पेस्कीरुवरुप ठेकेदारले २४ अर्ब रुपैंयाँ लिएका छन् । तर सो रकम लिएर ठेकेदार बेपत्ता छन्

उनीहरुले सम्झौबमोजिम कुनै काम नगरे पनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैंयाँ आफ्नै खल्तीमा राख्न सफल भएका छन् ।

२४ अर्ब रुपैंयाँ डुब्ने अवस्थामा पुग्दा पनि विकास आयोजना संचालन गर्ने तालुक निकाय भने कानमा तेल हालेर बसिरहेको छ ।

ठेकेदारबाट राखिएको धरौटीस्वरुपको ६ अर्ब रुपैंयाँ जफत गर्न पनि सरकार असफल देखिएको छ ।

ठेक्का सम्झौता रकमको कम्तीमा ५ प्रतिशतले हुन आउने कार्यसम्पादन जमानतबापतको ६ अर्ब धरौटी रकम असुल गर्न सरकार असफल देखिएको हो । सरकारले ठेका पूरा नगर्ने ठेकेदारबाट धरौटी रकम जफत गर्न सक्ने कानुनी प्रावधान छ । -राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ