हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
हाइकिङ गएका विद्यार्थी चार दिनदेखि बेपत्ता: प्रहरी कार्यालयमा नारावाजी

सारांश

  • काठमाडौं, १४ माघ ।
  • हाइकिङका लागि फूलचोकी गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएका छैनन् ।
  • ललितपुरको थसिखेलमा रहेको अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका हुन् ।

काठमाडौं, १४ माघ । हाइकिङका लागि फूलचोकी गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएका छैनन् । ललितपुरको थसिखेलमा रहेको अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका हुन् ।

उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिएको छ । यद्यपि, उनको अत्तोपत्तो लागेको छैन ।

महानगरीय प्रहरी वृत, सातदोबाटोका डिएसपी विनोद सिलवालले बेपत्ता तामाङको खोजी कार्य भइरहेको बताए । प्रहरीले अनुसन्धानका क्रममा विद्यार्थीसँगै हाइकिङमा गएका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएको छ ।

विद्यार्थी वेपत्ता भएकाे चार दिन वितिसक्दा समेत विद्यार्थी नभेटिएपछि आक्रोशित अभिभावकहरुले आइतबार महानगरीय प्रहरी वृत्त, सातदोबाटो परिसरमा नारावाजी गरेका छन् । उनीहरुले जोनको ‘कि सास चाहियो कि लास चाहियो’ भन्दै नारावाजी गरेका हुन् ।

गत बिहीबार विद्यालयका प्रिन्सिपल ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएका थिए । फूलचोकी पुगेर फर्किने क्रममा जोन हराए । प्रिन्सिपलको बयान अनुसार त्यसपछि उनीहरुले जोनको खोजी थाले । तर, उनी भेटिएनन् । र, साँझ प्रहरीलार्इ खबर गरियाे ।

बेलुकी ८ बजे उनको परिवारले जोन हराएको थाहा भयो । ‘हामीलाई ढिलो मात्र जानकारी दिइयो । उनले समयमै भनेको भए हामी तत्काल खोजीमा जुट्थ्यौं’, जोनका दाजु सविन तामाङले अनलाइनखबरसँग भने ।

प्रिन्सिपलले मदिरा सेवन गरेका कारण उनले समयमा प्रहरी र आफूहरुलाई जानकारी नगराएको परिवारको आरोप छ । उनीहरुले प्रिन्सिपलले बताएको घटना विवरण र अन्य विद्यार्थीले बताएको विववरण समेत मेल नखाएको बताएका छन् ।

‘टोलीमा रहेको विद्यार्थीहरुले त्यहाँ डेन्जर जोन लेखिएको वोर्ड वरिपरिबाट बच्चा हराएको भनेका छन्’, तामाङले भने, ‘तर, प्रिन्सिपलले त्यसबाट माथिदेखि नै हराएको भनेका छन् । उनकै भनाइ पनि छिनछिनमा फेरिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई क्लिनचिट
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई क्लिनचिट
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
कोरोना संक्रमितका लागि बनाइएको अस्पताल आज उद्घाटन हुँदै
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी पदमुक्त
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी पदमुक्त
प्रदेश ४ को नामको लागि  चार वटा नाम सिफारिश
प्रदेश ४ को नामको लागि चार वटा नाम सिफारिश
चुनाव नेपालको, प्रचार चीनको
चुनाव नेपालको, प्रचार चीनको
कानूनअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग
कानूनअनुसार महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त
यसरी झपारे प्रधानमन्त्री ओलीले  मुख्यसचिव रेग्मीलाई
यसरी झपारे प्रधानमन्त्री ओलीले मुख्यसचिव रेग्मीलाई
‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’ : जुग्जाली
‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’ : जुग्जाली

तपाईंले छुटाउनुभयो कि?