एमाले–माओवादीलाई प्रलोभन र धम्की आयो : प्रचण्ड
सारांश
- महोत्तरी, ५ फागुन ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठवन्धन तोड्न र पार्टी एकता रोक्न आफ्नो पार्टी माओवादी केन्द्र र नेकपा एमालेलाई प्रलोभन र धम्की आइरहेको बताएका छन् ।
- शनिवार महोत्तरीको हात्तीलेटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गठवन्धनलाई असफल पार्न अहिले पनि षड्यन्त्र भइरहेको बताए ।
महोत्तरी, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठवन्धन तोड्न र पार्टी एकता रोक्न आफ्नो पार्टी माओवादी केन्द्र र नेकपा एमालेलाई प्रलोभन र धम्की आइरहेको बताएका छन् ।
शनिवार महोत्तरीको हात्तीलेटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गठवन्धनलाई असफल पार्न अहिले पनि षड्यन्त्र भइरहेको बताए ।
‘नेपाली जनताले वाम गठवन्धनबाट धेरै आषा र अपेक्षा गरेका छन् । तर यो गठवन्धनलाई तोड्न र पार्टी एकतालाई बिथोल्न विभिन्नखाले षड्यन्त्र भइरहेका छन्,’ प्रचण्डले भने, ‘पार्टी एकताको सवालमा एक–दुई जना नेताको भरमा मात्रै परेर हुँदैन । यसका लागि सबै नेता र कार्यकर्ताको सक्रिय सहभागिता हुनुपर्छ । हाम्रा कुनै पनि नेता र कार्यकर्ताहरु बिरोधीहरुको एम्बुसमा पर्नु हुँदैन ।’
प्रचण्डले पार्टी एकताको प्रत्रियाअन्तर्गत छलफल चलिरहेको उल्लेख गर्दै केही दिनमा निष्कर्शमा पुग्ने पनि बताए ।
Khadga Thakuri
Kasaiko dhamki ma na daraunus janata satma xan
Rameshwar Acharya
Jantalai almalauni melo matra ho Prachanda ko
Binod Tuladhar
बदमाश ।एकता चाडो गरे भैहाल्यो नि!
Bipin Mc
देश बिकाशकाे काम कता छ कता खालि पाटि एकता पाटि एकता मात्र का कुरा बाँहेक अरू कहि छैन एकता भन्न लाकाे पनि ६/ महिना बिति सकाे धेरै गित नगाउ?
Rajendra Bajracharya
यो फटाहको न्यज हेर्दाहेर्दै वाक्क लागिसक्यो कतै यो बौलाएकोत होइन एकपल्त मानसिक अस्पतालमा जचाएकसो होला ?
Murari Kuikel
Comred prachanda ali badi waiyat bolne maxe ho vanne kura sabai lai thaha xa…..lastma khattam…..
Hikmat Bhandari
नाच्न नजान्ने आगन टेडो भनेको येहि हो