सभामुखबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक जारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ४, २०७९
|
|
३६ पटक हेरिएको
Shares
सभामुखबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक जारी

सारांश

  • काठमाडौँ ।
  • सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।
  • पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसेको हो ।

काठमाडौँ । सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसेको हो ।बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ ।

संसद्मा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्नेबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बसेको हो।

काँग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुनेछ ।

काँग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकाङ्क्षी हुनुहुन्छ । यदि काँग्रेसले उम्मेदवारी नदिएमा एकीकृत समाजवादीले उठाउने उम्मेदवारलाई समर्थन गर्ने बुझिएको छ । एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे र भानुभक्त जोशी सभामुखका आकाङ्क्षी हुनुहुन्छ।

काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा मात्र ध्यान दृष्टि दिएको छ । मङ्गलवार बसेको सर्वदलीय बैठकमा पनि काँग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
राष्ट्रियसभा बैठक : परियोजनादेखि वाइडबडीसम्मका कुरा
राष्ट्रियसभा बैठक : परियोजनादेखि वाइडबडीसम्मका कुरा
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
राजेन्द्र लिङ्देनलाई धम्की प्रकरणबारे छानविन गर्न सरकारसँग राप्रपाको माग
फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?
फेरि किन सलबलायो ‘त्यो’ गिरोह ?
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं:विष्ट
‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं:विष्ट
राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा
राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा

तपाईंले छुटाउनुभयो कि?