यसरि डुबाए जर्नेलले सेनाको कल्याणकारीको २८ करोड !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
यसरि डुबाए जर्नेलले सेनाको कल्याणकारीको २८ करोड !

सारांश

  • काठमाडौँ,  १६ जेठ।
  • देशको सबैभन्दा उच्च, मर्यादित, अनुशासित सुरक्षा निकाय मानिन्छ सेना ।
  • देशको सुरक्षाको विषयमा सेना संवेदनशील र गोप्य हुने गर्दछ ।

काठमाडौँ,  १६ जेठ। देशको सबैभन्दा उच्च, मर्यादित, अनुशासित सुरक्षा निकाय मानिन्छ सेना ।

देशको सुरक्षाको विषयमा सेना संवेदनशील र गोप्य हुने गर्दछ । अनुशासित र मर्यादित भएर काम गर्नुपर्ने केही लोभीपापी सैनिक अधिकारीहरुले नेपाली सैनिक कल्याणकारी कोषको रकम दुरुपयोग गरेका छन् । संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापना गर्ने कार्यमा नेपाली सेनाले भाग लिएबापत प्राप्त रकममध्ये केही रकम कल्याणकारी कोषमा जम्मा हुने गर्दछ ।

विश्वका द्वन्द्वग्रस्त देशहरुमा शान्ति स्थापनार्थ आफ्नो ज्यानको प्रवाह नगरी रगत, पसिना बगाएर शान्ति सेनामा खटिए गरेवापतको केही रकम जम्मा हुने नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा रकम हिनामिना भएको पाइएको छ ।

हालै महालेखा परीक्षकले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली सेनाको कल्याणाकरी कोषमा आर्थिक बर्ष २०७४÷७५ मा ३९ खर्ब ६१ करोड ५८ लाख मौज्दात रकम रहेको देखिन्छ । कोषको मौज्दातमा रहेको अर्बौं रकम नेपाली सेनाका उच्च अधिकारीहरु लोभमा परेर आफूलाई फाइदा दिने(ब्याजमा कमिशन लिन/दिने) तथा आफ्ना नातेदारका वित्तीय संस्थाहरुमा रकम जम्मा गरेका कारण २८ करोड २९ लाख रुपैया“ ती वित्तीय संस्थाले डुबाएका छन् ।

‘क’ श्रेणीका बाणिज्य बैंकहरुबीच प्रतिस्पर्धा गराएर ब्याज पाउने नीतिका आधारमा नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकम जम्मा गर्नुपर्ने हो साँघु साप्ताहिकमा खबर छ । त्यसो नगरी विभिन्न समयमा कल्याणकारीका जर्नेलहरुले कमिशनको लोभमा अविश्वसनीय तथा जोखिमयुक्त बैंक र फाइनान्स कम्पनीमा रकम जम्मा गरेका कारण २८ करोड २९ लाख रुपैया“ असुल उपर नहुने गरी डुबेको छ । कोषको विवरण अनुसार, नेपाली सैनिक कल्याणकारी कोषको रकम विभिन्न बाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, विदेशी मुद्रा, सेयर डिबेन्चर तथा बचतपत्रमा बचत तथा लगानी गरिएको छ । ‘यो त केवल महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको विवरण मात्र हो, योभन्दा अधिक रकम वित्तीय संस्थाहरुमा जोखिममा रहेको र हिनामिना भएको छ,’ सैनिक स्रोत बताउछ । २०७४ असार मसान्तसम्म मुद्दति एवं वचत खाताको  सावा २२ करोड ९८ लाख र ब्याज ५ करोड ३१ लाख गरी २८ करोड २९ लाख रुपैयाँ  विभिन्न विकास बैंक र वित्तीय संस्थाहरुबाट असुल हुनुपर्ने देखिन्छ । बर्षौंदेखि असुल हुनुपर्ने रकम असुल नहुदा उक्त रकम जोखिममा देखिएको हो ।

युनाइटेड विकास बैंकमा जम्मा गरिएको कुल रकम १ करोड ५७ लाख असुल उपर हुने अवस्था छैन । त्यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट सबैभन्दा बढी रकम २२ करोड ५ लाख असुल उपर गर्न सकिने अवस्था पनि छैन । उक्त वित्तीय संस्थामा १७ करोड ९५ लाख साँवा र ४ करोड १० लाख ब्याज देखिएको छ ।

त्यसैगरी नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडमा कोषको सा“वा २ करोड ३३ लाख  र ब्याज ४८ करोड डुब्ने देखिएको छ । त्यस्तै चल्तीभन्दा बाहिरका सम्झना फाइनान्समा १ करोड सा“वा र ६७ लाख ब्याज गरी कुल १ करोड ६७ लाख फ“सेको छ । बद्नाम र ग्राहक ठग्ने हिमालय फाइनान्स लिमिटेडमा पनि १३ लाख सा“वा र ६ लाख ब्याज गरी १९ लाख रकम नेपाली सेनाका सकल दर्जाको रगत पसिना डुबेको छ । त्यस्तै कोषका जिम्मेवार जर्नेलहरुको मिलेमतोमा शीर्षक नै नदेखाई एकमुष्ट आम्दानी भएको रकमहरु पनि उल्लेख गरिएको छ ।

अविश्वसनीय र जोखिमयुक्त वित्तीय संस्थाको सेयर खरिद तथा रकम जम्मा गर्दा जोखिममा रहेको रकमको जिम्मेवारी कसले लिने ? कमिशनको चक्करमा परेर  बिना प्रतिस्पर्धा २८ करोड २९ लाख रुपैयाँ  उल्लेखित वित्तीय संस्थामा राख्न निर्णय गर्ने नेपाली सैनिक कल्याणकारी कोषका सहायकरथी को को जिम्मेवार हुन् ?

रक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान विभागले अनुसन्धान गरेर कारवाही गर्नुपर्ने माग नेपाली सेनाका अधिकृतहरुको रहेको छ । यसरी गलत नियत राखेर जथाभावी डिपोजिट गरेर कोषको रकमको दुरुपयोग गर्ने सहायक रथी जर्नेहरुलाई कारवाही के हुन्छ ? त्यो सकल दर्जाले हेर्न चाहेको सैनिक स्रोत  बताउछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?