समानुपातिकमा एमालेकै अग्रता, कठिन संघर्षमा राजपा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
समानुपातिकमा एमालेकै अग्रता, कठिन संघर्षमा राजपा

सारांश

  • २८ मंसिर, काठमाडौं ।
  • प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना शुक्रबार सकिने भएको छ ।
  • निर्वाचन आयोगले समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जानकारी दिँदै भोलिसम्म सबै स्थानको गणना पूरा हुने जनाएको छ ।

२८ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना शुक्रबार सकिने भएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जानकारी दिँदै भोलिसम्म सबै स्थानको गणना पूरा हुने जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले बिहीबार बिहान ७ बजेसम्म ७४ लाख मतगणना सकिएको र भोलि साँझसम्ममा सबै स्थानको गणना सकिने बताए ।

समानुपातिकतर्फको ७४ लाख मतगणना भइसकेको छ, बाँकी गणना भोलि साँझसम्ममा सकिन्छ’, प्रवक्ता ढकालले  भने । ढकालका अनुसार मतगणना द्रुत गतिमा भइरहेको छ ।

समानुपातिकमा एमालेकै अग्रता, कठिन संघर्षमा राजपा

समानुपातिकमा एमालेको सुरुदेखिको अग्रता यथावत छ । निर्वाचन आयोगका अनुसार एमालेले बिहीबार बिहान ८ बजेसम्मको परिणाममा २५ लाख ९५ हजार ४ सय ९९ मत हासिल गरेको छ ।

कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेसले २५ लाख ८ हजार ७ सय ४८ मत बटुलेको छ भने माओवादी केन्द्र १० लाख २६ हजार ३ सय ७१ मतका साथ कांग्रेसलाई पछ्याइरहेको छ ।

संघीय समाजवादी फोरमले माओवादी पछिको धेरै मत पाएको छ भने राजपाको प्रतिस्पर्धा फोरमसँग भइरहेको छ । फोरम र राजपाको मत क्रमशः ३ लाख ४७ हजार ७ सय ५९ र २ लाख ९३ हजार १ सय २९ छ ।

राप्रपाको मत १ लाख ७४ हजार ६५२ छ । विवेकशील साझा पार्टीले राप्रपा प्रजातान्त्रिकलाई उछिनेको छ । विवेकशीलले १ लाख ७१ हजार ४५ मत पाएको छ । राप्रपा प्रजातान्त्रिकले ६३ हजार ५१७ मत पाएको छ ।

(https://hhcdropshipping.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिस्केट जात्राको तयारी तीव्र
बिस्केट जात्राको तयारी तीव्र
शान्ति सैनिक संख्या बढाउन नेपाल तयार: उपप्रधानमन्त्री ईश्वर पोखरेल
शान्ति सैनिक संख्या बढाउन नेपाल तयार: उपप्रधानमन्त्री ईश्वर पोखरेल
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने तयारी !
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने तयारी !
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित
उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित
बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन, फिर्ता नलिए पार्टीले निष्कासन गर्ने चेतावनी
बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन, फिर्ता नलिए पार्टीले निष्कासन गर्ने चेतावनी
गोँगबुको होटलमा युवायुवती मृत फेला
गोँगबुको होटलमा युवायुवती मृत फेला

तपाईंले छुटाउनुभयो कि?