भरतपुर महानगरपालिकालाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउँछु : रेणु दाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
३० पटक हेरिएको
Shares
भरतपुर महानगरपालिकालाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउँछु : रेणु दाहाल

सारांश

  • चितवन ।
  • भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले महानगरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेकी छिन् ।
  • विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर दाहालले भनिन्, ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले महानगरलाई दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेकी छिन् ।

विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर दाहालले भनिन्, ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’

मेयर उम्मेदवार दाहालले पहिलो काम एकल महिलाका निम्ति गर्ने बताएकी छिन् । भरतपुर महानगरपालिकाको मेयरमा विजयी दाहालले भनिन्, ‘सर्वप्रथम म भरतपुरका महिलाका अधिकारका निम्ति काम गर्नेछु । त्यसमा पनि एकल महिलाका पक्षमा काम गर्ने छु ।’

दाहालले ठूलो जिम्मेवारी बोध भएको बताउदै आफूले निर्वाचनको प्रचारको समयमा अघि सारेका प्रतिबद्धता पूरा गरेर छोड्ने घोषणा गरेकी छिन् । ‘भरतपुर महानगरको मेयरमा विजयी हुँदा ठूलो जिम्मेवारी बोध भएको छ । मलाई विजयी गराउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

दाहालले भरतपुरलाई समृद्ध महानगरपालिका बनाउने घोषणा समेत गरेकी छिन् । उनले आफ्नो जितका निम्ति मिडियाले खेलेको भूमिकाप्रति समेत विशेष आभार व्यक्त गरिन् ।

‘यो रेणु दाहालको मात्र जित होइन समग्र भरतपुरका बासिन्दाको जित हो’, दाहालले भनिन्, ‘भरतपुर मेयरमा मात्र होइन उपमेयर समेत महिलाकै जित भएको छ, हामी देशकै नमुना महानगरपालिका बनाउने छौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?