राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा

सारांश

  • काठमाडौं, २२ कात्तिक।
  • सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ।
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ठ जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

काठमाडौं, २२ कात्तिक। सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ठ जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ कार्यक्रममा बोल्दै उनले शंखधर साख्वाको संग्राहलय स्थापनाका लागि स्थानीय नगरपालिकालाई जग्गा व्यवस्था तत्काल गर्न पनि आग्रह गरे। त्यस अवसरमा मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिव जनताको ऋणमोचन गरेर ऐतिहासिक योगदान दिएको पनि स्मरण गराए।  कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्न सरकारसँग माग गरे। उनले सरकारले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिन ढिलाई नगर्ने विश्वास पनि व्यक्त गरे।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व मन्त्री महेश बस्नेतले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताएका थिए।

(https://hoyoskitchen.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?