सरकारले भन्यो, ‘विदेशमा अलपत्र कामदार ल्याउने गृहकार्य भइरहेको छ’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
३३ पटक हेरिएको
Shares
सरकारले भन्यो, ‘विदेशमा अलपत्र कामदार ल्याउने गृहकार्य भइरहेको छ’

सारांश

  • काठमाडाैं।
  • सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बुधबार विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको बताए।

काठमाडाैं। सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बुधबार विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको बताए।
 
ठूलो सङ्ख्याका नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलो स्रोत साधनको आवश्यकता पर्ने भन्दै उनले विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई प्राथमिकता दिएर नेपाल ल्याइने बताए। “बीसौँ लाख नेपाली आप्रवासी श्रमिक खाडी, मलेशिया तथा अन्य मुलुकमा हुनु। यसमध्ये थोरै प्रतिशत मात्र नेपालीलाई फिर्ता गर्न र नेपाल आइसकेपछि क्वारेन्टाइनमा राख्नेलगायतको व्यवस्थापन गर्न पनि ठूलो स्रोत साधनको आवश्यकता पर्दछ”, मन्त्री यादवले भने, “हाम्रो क्षमता यसलाई थेग्न सक्छ सक्दैन भन्ने कुरामा पनि हामी सचेत रहनैपर्ने हुन्छ।”
 
गन्तव्य मुलुकमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सुरक्षित बस्न आग्रह गर्दै उहाँले कठिन परिस्थितिमा आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे। रोजीरोटी गुमाएर खर्चको अभावमा र अन्य कारणले खान बस्नको समस्यामा परेमा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गर्दै उहाँले कठिन अवस्थामा पनि विचलित नभई उच्च मनोबलका साथ आफ्ना आफन्तजन तथा नेपाली दूतावासमा आफ्नो अवस्थाका सम्बन्धमा नियमित सम्पर्कमा रहन पनि अनुरोध गरे।
 
उनले विदेशमा रहेका नेपाली सङ्घसंस्था तथा व्यक्ति विशेषलाई दुःखमा परेका र अलपत्र भएका नेपालीलाई मानवीय सहायता उपलब्ध गराउन पनि अपिल गरे। गन्तव्य मुलुकमा रहँदा कोरोना भाइरस सङ्क्रमणको चपेटामा परेका नागरिकको उचित स्वास्थ्योपचारका लागि सरकारले कूटनीतिक पहल गरेको मन्त्री यादवले बताए। “नेपाली कामदारको हकहित र सुरक्षालाई लिएर प्रधानमन्त्रीले पनि विदेशस्थित आफ्ना समकक्षीसँग निरन्तर टेलिफोन संवाद गरिरहनुभएको छ”, नेपाली कामदारले भोग्दै आएको समस्याप्रति सरकार संवेदशनील रहेको उल्लेख गर्दै उनले भने।
 
कतिपय गन्तव्य मुलुकले कोभिड–१९ बाट प्रभावित आप्रवासी श्रमिकलाई राहतका कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै मन्त्री यादवले दूतावासमार्फत ती कार्यक्रमको जानकारी लिई लाभ लिन पनि अनुरोध गरे। कोरोना भाइरसलाई फैलन नदिने एकमात्र उपाय भनेको व्यक्तिव्यक्ति बीचको दूरी कायम गर्नु नै उचित भएको उल्लेख गर्दै उनले पटकपटक साबुन पानीले हात धुने, आफ्नो हातलाई सकभर नाक, आँखा र मुखमा पुग्न नदिने, मास्क लगाउने र व्यक्तिगत सरसफाइलाई ध्यान दिन आग्रह गरे।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !
फुकोट कर्णालीमा जग्गा अधिग्रहण प्रक्रिया शुरु
फुकोट कर्णालीमा जग्गा अधिग्रहण प्रक्रिया शुरु
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
उदयपुर मा मोटरसाइकल दुर्घटना १ को मृत्यु
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
डोको बुनेरै बित्यो ५० वर्ष
डोको बुनेरै बित्यो ५० वर्ष
२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ
२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ
आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
आदिवासी जनजातिको विकास र संवर्द्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
क्षमा याचना गर्ने अधिकार आफूमा निहित रहेको ट्रम्पको दावी
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !

तपाईंले छुटाउनुभयो कि?