आजैदेखि देशभरि रुट परमिट खुला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
आजैदेखि देशभरि रुट परमिट खुला

सारांश

  • काठमाडौं।
  • सरकारले आजै (सोमबार) देखि देशभरि रुट परमिट खुला गरेको छ।
  • यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ।

काठमाडौं। सरकारले आजै (सोमबार) देखि देशभरि रुट परमिट खुला गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ।

यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो। तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय भएको प्रवक्ता दत्तले जानकारी दिए।

अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको उनको भनाइ छ । अहिले दशैंसहितका ठूला चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या ह्वात्तै बढ्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?