गोली लागेर हमासका उच्च अधिकारी गम्भीर घाइते
सारांश
- गाजा सिटी, २६ पुस ।
- इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उहाँकै घरमा रहेका समय टाउकोमा गोली प्रहार हुँदा सख्त घाइते बन्नुभएको छ ।
- स्थानीय अधिकारीहरूले उक्त घटनालाई दुर्घटना भनेका छन् ।
गाजा सिटी, २६ पुस । इश्लामिक आन्दोलन हमास समूहका एक जना प्रभावशाली नेतालाई मङ्गलबार उहाँकै घरमा रहेका समय टाउकोमा गोली प्रहार हुँदा सख्त घाइते बन्नुभएको छ ।
स्थानीय अधिकारीहरूले उक्त घटनालाई दुर्घटना भनेका छन् ।
हमासका प्रवक्ता फाउजी बारहोमले भन्नुभयो, “हमासको सर्वोच्च राजनैतिक निकायका पूर्व सदस्य इमाद अल–अलामीलाई घरभित्र आफ्नो व्यक्तिगत हतियार खोजीरहेको समयमा गोली लागेको र उहाँको गम्भीर अवस्थामा गाजास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।”
अल अलामीको घटनाका बिषय बृहत् रूपमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया