अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
अपरिपचत व्यक्तिद्वारा ससुराको हत्या, घाइते बुहारी प्रहरीकाे नियन्त्रणमा

सारांश

  • तडी – अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ ।
  • प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ ।
  •   मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् ।

तडी – अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ ।

मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना गरिएको हो ।

लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए । लक्ष्मीका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा छन् ।

“हत्याबारे केही खुल्न सकेको छैन,” प्रहरी निरीक्षक बोगटीले भने । मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै
बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै
जनताको चाहना पूरा गर्न सरकार अघि बढ्दै : कावा प्रधानमन्त्री
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
कांग्रेसले माग्यो ४ वटा समितिमा सभापति
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
धनराजकाे श्रीमतीसँग ‘सहकारी डिभोर्स’!
धनराजकाे श्रीमतीसँग ‘सहकारी डिभोर्स’!
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल
सुवास नेम्वाङको सपना यो वर्ष पूरा नहुने !
सुवास नेम्वाङको सपना यो वर्ष पूरा नहुने !
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल
राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल