भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ४, २०७३
|
|
१३३ पटक हेरिएको
Shares
भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने

सारांश

  • मोबाइलमा भ्वाइस (कुराकानी) र इन्टरनेट (डाटा) सेवा बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने भएको छ ।
  • मोबाइलमा मनोरन्जन सेवा, मोबाइल बैंकिङ, लोकेसन ट्याकिङसहितको सेवाका लागि अनुमति लिनुपर्ने खबर अन्नपूर्ण पोष्टमा छ ।
  • नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा दिने अतिरिक्त दूरसञ्चार सेवाका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

मोबाइलमा भ्वाइस (कुराकानी) र इन्टरनेट (डाटा) सेवा बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने भएको छ । मोबाइलमा मनोरन्जन सेवा, मोबाइल बैंकिङ, लोकेसन ट्याकिङसहितको सेवाका लागि अनुमति लिनुपर्ने खबर अन्नपूर्ण पोष्टमा छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा दिने अतिरिक्त दूरसञ्चार सेवाका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न लागेको हो । प्राधिकरणले गरेको एक अध्ययन पश्चात परामर्शपत्र सार्वजनिक गरेको छ । यो पत्रअनुसार नेपालमा मोबाइलमा दिने अतिरिक्त सेवाका लागि अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार मोबाइलमा भ्याइस र डाटाको अतिरिक्त अन्य सेवा दिन इजाजत लिने व्यवस्था गर्न लागिएको हो । मोबाइल तथा यसबाट लिइने सेवाको विश्वसनियता र नियमनका लागि इजाजतपत्रको व्यवस्था आवश्यक भएकाले उचित परामर्श माग गरिएको उनले जानकारी दिए ।

प्राधिकरणले मोबाइल भ्याल एडेड सर्भिस (एमभास)का लागि अनुमति लिने व्यवस्था गर्न लागेको हो । जेनेरल मोबाइल भ्यालु एडेड, मोबाइल फाइनान्स र लोकेसन ट्याकिङ सेवाका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्न खोजिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
प्रधानमन्त्री ओलीले राजीनामा नदिने संकेत गर्दै भने : लड्डु खाएछन् के पाउँछन् हेर्नुछ
‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा
‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश
तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश
तीन वर्षभित्र गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्ने !
तीन वर्षभित्र गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्ने !
कानून व्यवसायी संगठनले महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गर्ने !
स्वर्ण लक्ष्मीमा रविसहित ४४ जना प्रतिवादी
स्वर्ण लक्ष्मीमा रविसहित ४४ जना प्रतिवादी
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला
नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिनुभएको समय आज सकिँदै

तपाईंले छुटाउनुभयो कि?